ताजा अपडेट

तत्कालीन दश बर्षे माओवादी जनयुद्धका सुप्रिमो,प्रधानमन्त्री प्रचण्ड ऐतिहासिक भुमि रोल्पा आउँदै

लिवाङ-तत्कालिन माओवादी १० बर्षे जनयुद्धका सुप्रिमो,नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ कार्तिक २४ गते रोल्पा सदरमुकाम लिवाङ आउँने भएका छन्।

शुभकामना

जारी माओवादी रुपान्तरण विशेष अभियानलाई सम्बोधन गर्न तथा जनतासंग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

रोल्पा तत्कालीन माओवादी जनयुद्धको उद्गम स्थल पनि हो।शान्ति प्रक्रियापछि एकपटक रोल्पाबाटै सांसद निर्वाचित भएका अध्यक्ष प्रचण्ड लामो समयपछि पुनः रोल्पा फर्कदै छन्।

शुभकामना

उनि रोल्पा आउँने कार्यक्रमलाई स्थानियहरुले अर्थपूर्ण र आशापुर्ण तरिकाले हेरेका छन्।

प्रतिक्रिया दिनुहोस