ताजा अपडेट

काठमाडौंको गोठाटारमा गोली चल्यो,लागु औषध र पेस्तोलसहित दुई पक्राउ

काठमाडौं- लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । बुधबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको हो ।

उपपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण गर्न खोजेपछि गोली चलाएको हो । उनका अनुसार प्रहरीले एक भारतीय र एक नेपालीलाई नियन्त्रणमा लिएको छ ।

जनाइएअनुसार उनीहरुको साथबाट दुई सय ग्राम ब्राउन सुगर र एउटा पेस्तोल बरामत भएको छ ।

प्रहरीले गोली चलाउँदा भारतीय मुलका मोहम्मद करिम घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको छ ।

जनाएअनुसार घाइते उनलाई तीनकुनेस्थित कान्तिपुर अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस