ताजा अपडेट

युट्युबर मनोज मानव पक्राउ

काठमाडौं- स्टार अनलाइन टिभी नामक युट्युब च्यानल चलाउँदै आएका युट्युबर मनोज मानवलाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार साँझ काठमाडौंको कीर्तिपुरबाट प्रहरीले पक्राउ गरेको हो।नेपाल प्रहरीको साइबर व्यूरोले उनलाई पक्राउ गरेको जानकारी दिएको छ।

सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा मनोजलाई पक्राउ गरिएको नेपाल प्रहरी साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले मनोजलाई पक्राउ गरिएको जानकारी दिए।


मनोजलाई बिहीबार अदालतमा पेश गर्ने प्रहरीको तयारी रहेको साइबर ब्युरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस