ताजा अपडेट

एमालेको सबै जिल्ला कमिटीको अधिवेशन माघभित्र सम्पन्न हुने

काठमाडौं- नेकपा एमालेको सबै जिल्ला कमिटी र पालिका कमिटीको अधिवेशन आगामी माग महिनाभित्र हुने भएको छ ।

पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको हो ।

पार्टीले सबै जिल्ला र पालिका तहलाई माघसम्म सम्पन्न गर्ने गरी कार्ययोजना बनाउनसमेत निर्देशन दिएको एमाले सङ्गठन विभागका सचिव माधवप्रसाद ढुङ्गेलले जानकारी दिए ।

यस्तै, पार्टीका जनसङ्गठनको प्रदेश तथा जिल्ला तहका अधिवेशन आगामी मङ्सिर र वडा कमिटीको अधिवेशन चैत्र मसान्तभित्र आयोजना गर्ने निर्णय गरेको उनाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस