काठमाडौं- हमास र इजरायलबीच जारी युद्धमा डेढ दर्जनबढी सञ्चारकर्मीको ज्यान गएको छ। शनिबारसम्म मारिएका नौ हजारभन्दा बढीमा १८ जना पत्रकार भएको बताइएको छ।
युद्ध भएका स्थानमध्ये सबैभन्दा धेरै जोखिम गाजा क्षेत्रमा देखिएको छ। समाचार तथा फोटो संकलनमा संलग्न पत्रकारहरुको ज्यान गएको घटनाप्रति विश्व प्रेस काउन्सिलले निकै चासो राखेको छ।
युद्धको क्रममा स्थानीय पत्रकार, उनका परिवारका सदस्य मारिनुका साथै धेरैजसोको घर ध्वस्त भएको काउन्सिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अध्यक्ष प्रोफेसर डा. सुले अकरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘युद्ध विराम गरेर तत्काल शान्ति कायम गरियोस्। पत्रकारहरु मारिएको, हराएको र घाइते भएको उक्त घटनाको निष्पक्ष छानबिन होस्।’
यता, कमिटी टु प्रोेटेक्ट जर्नालिष्टले हिजोसम्म २९ जना पत्रकार मारिएको दाबी गरेको छ। जसमा २४ प्यालेष्टिनी, चार इजरायली र एक जना लेबनानका पत्रकार छन्। आठ जना गम्भीर घाइते र नौ जना हराइरहेका छन्।