काठमाडौं- नेकपा एमाले केन्द्रिय सदस्य एवं रोल्पाबाट प्रतिनिधि सभा सांसद ईश्वरी घर्ती मगरले घोराही-होलेरी हुँदै रुकुम पुर्व जोडिएको शहिदमार्गको अवस्था बिजोग बन्नुमा नेकपा माओवादी केन्द्रको राजनैतिक असफलताको प्रतिक रहेको जिकिर गरेकि छन्।
प्रतिनिधि सभामा पटकपटक शहिदमार्ग सुधारका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएकि सांसद घर्तीले सनिवार होलेरी खबरसंगको कुराकानीका क्रममा शहिद मार्गको हालत आजसम्म पनि सुधार नहुनुमा माओवादी राजनीति र नेताहरुको असफलता रहेको बताएकि हुन्।
शहिदमार्गको तत्कालीन माओवादी शस्त्र द्वन्द्व ताका तत्कालीन माओवादीकै नेतृत्वमा स्थानियहरुको समेत श्रमदानमा ट्र्याक खोलिएको थियो।
यहि प्रसंगलाई जोड्दै सांसद घर्तीले शहिदमार्गको हविगत,यात्रामा जनताको पिडा,लुम्बिनी प्रदेशका रोल्पा,सल्यान,प्युठान र रुकुमपुर्वको लाइफलाईन सुधार नहुनु असफल राजनीतिको पराकाष्ठा रहेको दावी गरेकि हुन्।
शहिदहरुको नामबाट सडकको नामाकरण गरेर शहिदहरुकै बर्तमान सरकार र माओवादी नेताहरूले शहिदहरुको अपमान गरेको उनले बताइन्।
शहिदमार्गकै बिषयलाई लिएर आफू बिभिन्न मन्त्रालय देखि उच्च निकाय समक्ष पुगेर समेत ध्यानाकर्षण गराएको उनको भनाई रहेको छ।
२०६२/०६३ शालको शान्ति सम्झौतापछि रोल्पा र रुकुमबाट लगातार माओवादी नेताहरूले निर्वाचन जित्दै आएका छन्।यस अघि नेकपा एमालेको सरकार रहँदा पहल गर्ने मानिस नभएको बताउँदै अहिलेको सरकारले शहिद मार्गको स्तरोन्नति गर्न नसके निकट भविष्यमा आउँने नेकपा एमाले नेतृत्व सरकारके कायापलट गर्ने सांसद घर्तीले ठोकुवा गरिन्।
भिडियो