लुम्बिनी-नेकपा(एमाले)रोल्पा जिल्ला अध्यक्ष बालाराम बुढा मगर पहिलो अधिवेशनबाट लुम्बिनी प्रदेश कमिटी सदस्यमा सर्वसम्म निर्वाचित बनेका छन्।
निबर्तमान रुन्टीगढी गाउँपालिका अध्यक्ष समेत रहेका बुढा नेकपा(एमाले)को पुराना तथा अनुभवी नेता समेत हुन्।
समाज सेवा र राजनैतिक रुपमा अब्बल छबि बनाएका बुढा मगर एमालेको १० औँ माहाधिधिवेशनबाट रोल्पा जिल्ला कमिटी अध्यक्षमा निर्वाचित भएका हुन्।त्यस अघि उनि एमाले रोल्पाको जिल्ला उपाध्यक्ष रहेका थिए।
खरो र हक्कि स्वभावका बुढा रणनैतिक उतारचढावमा माहिर छन्।जनताका मन छिटै जित्न सक्ने उनको विशेषताका कारण उनले रोल्पामा लोकप्रिय छवि बनाएका छन्।
बुढा लुम्बिनी प्रदेश कमिटी सदस्यमा सर्वसम्मत निर्वाचित बनेपछि रोल्पा एमालेमा हर्ष छाएको छ।
बुढा मगर राष्ट्रिय राजनीतिमा संभावना बोकेका जिल्लाका नेता समेत हुन्।