घोगे- `जनतासंग माओवादी ३ महिने रुपान्तरण अभियान´ अन्तर्गत´नेकपा माओवादी केन्द्र त्रिबेणी गाउँपालीका वडा न. २ रोल्पाले सोमबार देखी टोल कमिटी गठन संगै जनताका घरघरमा पुगेर जनतासंग प्रत्येक्ष भेटघाट कार्यको सुरुवाती गरेको छ।
आज त्रिबेणी गाउँपालिका वडा न. २ साबिकको १ नम्बर वडाको टोल घोगेमा टोल कमिटी अध्यक्ष बलसिङ पुनको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रोल्पाका सदस्य टेकबहादुर घर्तीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य पोखलाल बि.क ,गाउँपालिका सदस्य लिलाराज ओलि ,चन्द्र बस्नेत लगाएत अन्य अतिथिहरुको सहभागीता रहेको थियो ।
उक्त कार्यक्रममा गगन कवर अध्यक्ष र स्याम कुमार सचीव रहने गरि ११ सदस्यीय टोल कमिटी गठन गरिएको छ ।त्यस्तै भादृ सङगठन अन्तर्गत दिपक कवर अध्यक्ष र दुर्गा बिक सचीव रहने गरि ११ सदस्यीय y .c .l कमिटी समेत गठन गरिएको छ ।
सोमबारबाट सुरु गरिएको अभियान निरन्तर अगाडी बढ्ने र गाउँ-गाउँका घर-घरमा पुगि जनताका दुख,कष्ट,पिडा संग आफूहरु यो ३ महिनाको अबधिमा साझेदारी गर्ने नेकपा माओवादी केन्द्र त्रिवेणि गा.पा वडा न. २ का अध्यक्ष ङनमानसिङ बुढा को भनाई रहेको छ।
प्रमुख अतिथि घर्तीले अब देशको बिकाश गर्ने पार्टी भनेको नेकपा माओवादी केन्द्र भएको बताएका छन्।“बिगतमा हामिले नेकपा एमालेको केन्द्रिय सरकार हुँदा सुशासनको अबस्था कस्तो थियो भ्रष्टाचारको फाईल बढिरहेका थिए तर अहिले माओवादीको सरकार हुदा फाईल फटाफट खोलिएका छन।-उनले भने।
यो जनतासङ्ग माओवादी रुपान्तरण ३ महिने अभियानले माहोल फरक बनाउँने र आगामी निर्वाचनबाट देशको ३ तहमै माओवादीको एकल बहुतमतको सरकार बन्ने उनले जिकिर गरे। कार्यक्रमको सहजिकरण दिपक कवरले गरेका थिए।