रोल्पा- राेल्पाकाे रुन्टीगढी गाउँ पालिका वडा नं. २ मा जनतासंग माओवादी विशेष रुपान्तरण अभियान कार्यक्रम सम्पन्न भएकाे छ ।उक्त कार्यक्रम नेकपा माओवादी केन्द्र २ नं वडा अध्यक्ष निम बहादुर पुनले अध्यक्षतामा कार्यक्रम शुरूवात भएको थियो भने उक्त कार्यक्रमकाे प्रमुख अतिथि नेकपा माओवादी केन्द्र रुन्टिगढी गाउँपालिकाका पार्टी उपाध्यक्ष गाैप्रशाद पुन (क.पृथक)रहेका थिए।
बिशिस्ट अतिथि वाइसीएल नेपाल केन्द्रीय सदस्य दिपक राेका ,नेकपा माओवादी पार्टी कमिटी उपाध्यक्ष सुनिता घर्ती
विशिष्ट अतिथि वाइसीएल नेपाल लुम्बिनी प्रदेश कमिटी सदस्य निराजन घर्ती ,अतिथि रुन्टीगढी गाउँ कमिटी सदस्य रुपलाल बि. क . ,रुन्टीगढी गाउँ पालिका वाइसीएल अध्यक्ष क्षितिज पुन ,रुन्टीगढी २ नं वडा अध्यक्ष कैलाश पुन लगायतकाे उपस्थित रहेकाे थियाे।
कर्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि पुनले जनयुद्ध र परिवर्तनका निम्ति लडेर ल्याएकाे व्यवस्था अहिले धेरै बेग्लै र विलासीतापनमा चलिरहेको छ।याे ब्यबस्था ल्याउँन कयाैँ जनमुक्ति सेना र जनताले ज्यान गुमाए तर परिवर्तन काे निम्ति लडेका र समाज परिवर्तन गर्न हिडेका माओवादी फरक भयाे कि भनेर जनस्तरमा गएर सुदृढ गरि नयाँ पनमा पार्टी संचालन गर्न जनस्तरमा माफि माग्दै नयाँ तरिकाले माओवादी अगाडि बढ्ने र हरेक वडा स्तरबाट परिवर्तनका आवाजहरु रुपान्तरणका अभियानहरु र जनताका मनाेभावना के कस्ता छन भनेर रिपोर्टिङ गर्ने तथा समाधानका बाटाे निकाल्ने र जनस्तरमा परेका नराम्रा असरहरु सुदृढीकरण र परिवर्तनका निम्ति सबेै एक ढिक्का भएर लाग्नु पर्ने बताएका छन्।
पार्टीको गल्ती,कमि कम्जोरीलाई सुदृढीकरण गरि नयाँ ढङ्गबाट रुपान्तरण हुनुपर्ने पार्टीका नेतृत्वमा भएका एक अर्काका आलाेचना र गल्ती लाई सुधार गर्दै जनस्तरमा जाने तयारी रहेकाे समेत प्रमुख अतिथि पुनले बताए।कार्यक्रमकाे संचालन रुन्टिगढी गाउँ पालिका वडा पार्टी सचिव चित्रबहादुर वि.क ले गरेका हुन्।