होलेरी- प्राथमिक स्वास्थ्य केन्द्र होलेरीको लथालिङ्ग अवस्था बारे नेकपा माओवादी रुन्टीगढी पार्टी इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटी सदस्य गोबिन्द पुन नजरले सामाजिक संजाल मार्फत स्थानिय सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार साझ आफ्नो सामाजिक संजाल फेशबूक मार्फत नेता पुनले लेखेका छन् `शिक्षा,स्वास्थ्य र रोजगारीमा स्थानिय सरकारको पहल हुन अपरिहार्य छ। तर सरकारले बेलैमा पहल नलिँदा जनतामा नैरास्यता र अविश्वास पैदा भैरहेको छ।प्रा.स्वा.के. होलेरीमा गत चैत्र देखी फार्मेसी बन्द छ।असार देखी डक्टर बिहिन छ। सेवाग्राही मार्कामा छन । बेखबर सरकार´
