लुम्बिनी- हरि रिजाल राजनैतिक आन्दोलन र संघर्षबाट खारिएका कुशल संगठक र जुझारु नेता हुनुहुन्छ । वि.सं. २०२२ सालमा जन्मनुभएका रिजाल वि.सं. २०३७ मा अनेरास्ववियू प्युठान जिल्ला अध्यक्ष हुनुभयो । २०३८ सालमा प्युठानमा तत्कालीन नेकपा मालेको सम्पर्क व्यक्तिका रुपमा काम गर्नुभयो । विद्यार्थी राजनीतिपछि गाउँ कमिटीको सचिव, इलाका कमिटी सचिव हुँदै जिल्ला नेतृत्वमा पुग्नुभयो । २०६४ सालमा भएको जिल्ला अधिवेशनबाट उहाँ जिल्ला सचिव हुनुभयो । त्यसपछि जिल्ला अध्यक्ष हुनुभएका उहाँ अहिले पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । २०५४ सालमा जिल्ला विकास समिति प्युठानको उपसभापति निर्वाचित हुनुभएका रिजाल २०७४ सालमा भएको चुनावमा प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभयो । २०७८ सालमा लुम्बिनी प्रदेश सरकारको ग्रामीण तथा शहरी विकास मन्त्री भई काम गर्नुभएका उहाँलाई नजिकबाट चिन्नेहरु काममा खरो र खट्ने नेताका रुपमा चिन्छन् । प्यूठानमा पार्टीलाई ग्रासरूटमा पु¥याउन महत्त्वपूर्ण योगदान दिनुहुने रिजाल नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्षका आकांक्षी हुनुहुन्छ । केन्द्रीय सदस्य छाडेर प्रदेशको नेतृत्वमा आउन लागेका नेता रिजालसँग गरिएको संक्षिप्त कुराकानी ।
१. नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा उम्मेदवारी दिँदै हुनुहुन्छ । यहाँको उम्मेदवारी किन र के का लागि ?
यतिबेला हामीहरु नेपाल कम्युष्टि पार्टी (एमाले) को लुम्बिनी प्रदेश अधिवेशनमा होमिएका छौं । पार्टी जीवनमा अत्यन्तै महत्त्वपूर्ण हुने गर्दछन् अधिवेशन । यही कुुरालाई आत्मसात गर्दै हामी अधिवेशनलाई भव्य बनाउन लागिपरेका छौं । सर्वप्रथम म अधिवेशनका लागि पाल्नुभएका पार्टीका आदरणीय नेता कमरेडहरु, जिल्ला–जिल्लाबाट पाल्नुभएका प्रतिनिधि कमरेडहरुलाई लुम्बिनी प्रदेशको सुन्दर नगरी बुटवलमा स्वागत गर्दछु । बुटवलमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मध्यान्न साढे १२ वजे हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नुहुनेछ । अधिवेशन भनेपछि नेतृत्व चयनको विषय आउनु स्वाभाविकै हो । प्रदेशभित्रका अग्रज नेता कमरेड र जिल्ला जिल्लाका प्रतिनिधि कमरेडहरुको आग्रह र शुभेच्छाले प्रदेश कमिटीको नेतृत्वमा होमिएको छु ।
२. दशौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको व्यक्तिको रोजाइमा प्रदेश कमिटी किन प¥यो होला ?
यहाँले सान्दर्भिक सन्दर्भ जोड्नु भयो । म दशौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको हुँ । हामी राजनीतिकर्मीहरुका लागि आफ्नो भन्दा पनि कार्यकर्ताको इच्छा र माग महत्त्वपूर्ण हुँदो रहेछ । पार्टी र कार्यकर्ताहरुले सुम्पिएको जिम्मेवारी बहन गर्नु नै हाम्रो कर्तव्य हो । यस पटक लुम्बिनीका पार्टी नेता र कार्यकर्ताहरुको चाहना प्रदेशको नेतृत्व हरि रिजालले गर्देओस् भन्ने रहेको पाएँ । म आफ्नो भन्दा पनि नेता कार्यकर्ताहरुको इच्छा, आकांक्षा र चाहनालाई आत्मसात गर्दै अगाििड बढेको व्यक्ति हुुँ । सोही अनुरुप प्रथम अधिवेशनमा मैले प्रदेश नेतृत्वका लागि आफूलाई तयार पारेको जानकारी गरराउँछु । अर्को कुरा हामी जुन कमिटीमा भए पनि जनता र कार्यकर्ताहरुको काम गर्ने हो । माथिल्लो र तल्लो कमिटीले त्यति महत्त्व राख्छ जस्तो लाग्दैन मलाई । लुम्बिनी प्रदेश कम्युनिष्ट आन्दोलनको उर्वर भूमि होे । यहाँ धेरै सम्भावना छन् । यो क्षेत्रले सवल र सक्षम नेतृत्व खोजी रहेको छ । मैले यहाँको अभाव पुरा गर्न सक्छु भन्ने दावीका साथ म नेतृत्व दावी गरिरहेको छु । मलाई विश्वास छ–आदरणीय नेता कमरेडहरु र प्रतिनिधि कमरेडहरुले यो विषयलाई गम्भीरताका साथ लिइदिनुहुनेछ ।
३. प्रदेशको आवश्यकताका आधारमा नेतृत्व दावी गरेको भन्नुभयो । सर्वसम्मतको सम्भावना कति छ ?
अवश्य पनि । प्रदेशको आवश्यकताकै आधारमा मैले नेतृत्व दावी गरेको हो । माथिल्लो कमिटीका लागि हानथाप चलिरहँदा मेरो रोजाइमा तल्लो कमिटी पर्नुले पनि यो कुरा प्रमाणित गर्छ जस्तो लाग्छ । अब रह्यो नेतृत्व चयनको कुरा, मेरो नाममा सहमति हुन्छ भन्ने कुुरामा म विश्वस्त छु । प्रदेशका अग्रज आदरणीय नेता कमरेड र प्रतिनिधि कमरेडहरुले यो कुरालाई गम्भीरताका साथ लिनुहुन्छ भन्नेमा म विश्वस्त छु ।
४. तपाईँले सर्वसम्मतको दावी गरिरहँदा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी आइरहेका छन् । पक्ष विपक्ष भएर यहाँहरु छरपष्ट हुनुभएको छ । यस्तो अवस्थामा नेतृत्वमा सर्वसम्मत होला त ?
यहाँले भनेजस्तै मैले पनि सञ्चार माध्यम र सामाजिक सञ्जाल हेरिरहेको छु । अध्ययन गरिरहेको छु । अधिवेशनको मुखमा नेतृत्वका लागि आकांक्षा बढ्नु स्वाभाविकै पनि हो । एमाले जस्तो जिवन्त पार्टीको नेतृत्वमा आउन खोज्नु स्वागतयोग्य विषय पनि हो । नेतृृत्व चयन गर्ने बन्दशत्रले हो । बन्दशत्रबाट मलाई प्रदेश नेतृत्वमा आम प्रतिनिधिहरुले चयन गर्नुहुनेमा म विश्वस्त छु ।
५. यहाँको उम्मेदवारी दावी बार्गेनिङका लागि हो भन्ने पनि सुनिन्छ नि ?
यो एमदमै गलत कुरा हो । मैले पार्टीमा कहिले पनि पदको बार्गेनिङ गरिनँ । त्यस्तो कतै भेटाउनुभयो भने म जस्तोसुकै कारबाही पनि भोग्न तयार छु । प्यूठानमा पार्टी कामममा सक्रिय भइरहँदा पार्टी नेतृत्वले २०४१ सालमा मलाई डोल्पा पठायो । नेतृत्वको निर्देशनलाई स्वीकार गर्दै वि.सं. २०४१ सालमा डोल्पा पुगेँ । पार्टीको संगठन शून्य रहेको डोल्पामा । दुई वर्ष बसेर तत्कालीन माले विजारोपण गरेर फर्किएको हुँ । त्यसयता थुप्रै पटक पार्टी नेतृत्वले सुम्पिएको जिम्मेवारी बहन गर्दै यहाँसम्म आइपुगेको छु । पार्टीलाई वैचारिक र सांगठानिक ढंगले आक्रामक रुपमा अघि बढाउन म प्रदेश अध्यक्ष हुन लागेको हुँ । पार्टीलाई नयाँ शिराबाट अघि बढाउँदा मात्रै पार्टी संगठन चलायमान हुन्छ । चलायमान संगठनले मात्रै पार्टी अघि बढ्न सक्छ भन्ने मेरोे मान्यता रहेको छ ।
६. कम्युनिष्ट पार्टीको अधिवेशनमा नीति कम गुटबन्दी बढी भयो भनिन्छ । के यो साँचो हो ?
अवश्य पनि यहाँले भनेको कुरामा म सहमत छु । कम्युनिष्ट आन्दोलनकको अगुुवा पार्टी नेकपा एमालेमा नीतिमा बहस हुनुपर्छ । नीतिमा बहस गर्ने थलो केन्द्रीय महाधिवेशन हो । हामीले दशौं महाधिवेशनमा नीतिमा बहस ग¥यौं । अझ नेपाली राजनीतिमै नौलो अभ्यास गर्दै महाधिवेशनपूर्व नै विधान अधिवेशन ग¥यो । दशौं महाधिवेशनको नीति र स्पिट अनुसार नै हामी अगाडि बढेका छौं । यो प्रदेश अधिवेशन भएकाले यहाँ नेतृत्वले प्राथमिकता पाउनु स्वाभाविकै हो ।