ताजा अपडेट

`घर-घरमा माओवादी जन-जनमा माओवादी´ अभियान रोल्पाको रुन्टिगढी गाउँपालिकामा शुरु

रोल्पा- राेल्पाकाे रुन्टीगढी गाउँपालिका वडा नं ८ मा जनतासंग माओवादी विशेष रुपान्तरण अभियान कार्यक्रम सम्पन्न भएकाे छ।गाउँपालिकाको वडा नं ८को वडा कमिटी अध्यक्ष अमर बहकरीकाे अध्यक्षतामा वडा स्तरीय कार्यक्रम संचालन गरिएलो हाे।उक्त वडामा जिम्मेवारी कार्य बिभाजन गरेर जिम्मेवारी पाएका नेकपा माओवादी केन्द्र पार्टी सचिव तथा रुन्टीगढी गाउँ पालिका वडा नं. १ का निबर्तमा वडा अध्यक्ष मीन बहादुर थापा(निर्माण)काे संयाेजकत्वमा वडा स्तरीय अभियान तिव्र तयारी गरिएको हाे।

कार्यक्रममा वडामा हुने १६ गतेकाे पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डसंगकाे जुम व्रिफिङ जनता माझ सुनाउँने र ३ महिने अभियानलाई तिब्र रुपले जन-जनमा गएर प्रचारप्रसार गरि जनता तथा कार्यकर्ताकाे बारेमा रिपोर्टिङ गर्ने र पार्टी सुदृढीकरणलाई विशेष प्राथमिकता दिने बारे चर्चा गरिएको हाे । अब काे माओवादी परिवर्तनको आवाजहरु लिएर भ्रष्टाचारकाे जालाे हटाउँदै गरेकाे वेला जनस्तरमा के-कस्ता प्रभाव परे र कसरी परिवर्तन गर्न सकिन्छ?भन्ने बारे जनगुनासाे संगलन गरिएको हाे ।

आजकाे माओवादी पुरानाे माओवादी भन्दा फरक भएर जनतामा नगएकाे कुरालाई औलाउँदै अब जनस्तरबाटै समस्याहरु लिने र समाधानका उपाएहरु खाेज्ने गरि याे अभियान संचालन गरिएकाे

नेकपा माओवादी रुन्टीगढी गाउँपालिकाका पार्टी सचिव मीन बहादुर थापा(निर्माण)ले शुक्रवार आयोजित कार्यक्रममा बताए। अब काे ३ महिने घरघर मा माओवादी जन-जनमा माओवादी विशेष रुपान्तरण अभियान तिव्र तयारी भन्ने उदेश्य संगै रुन्टीगढी गाउँपालिका १,३,४र ८ नं वडामा कार्यक्रम सम्पन्न गरिएकाे छ।

प्रतिक्रिया दिनुहोस