उमा- राेल्पाकाे रुन्टीगढी गाउँपालिका वडा नं. २ उमा पधेरामा आरआरएन(RRN)संस्था द्वारा संचालित पाेषण सुधार कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रममा पाेषण सुधार र स्वस्थ कसरी बन्ने भन्ने बारेमा स्थानिय महिलाहरुलाई जानकारी गराइएको हाे ।हरेक ठाउँमा महिलाहरुले पाेषण सुधार तथा पाेषणका बारेमा जानकारी नहुँदा कयौँ बालबालिकाहरुले अकालमै ज्यान गुमाउनु परेकाे हुँदा र राम्रो स्वास्थ्य पाउँन नसकेकाे हुँदा अबका बालबालिकाहरुमा त्यस्ता खालका स्वास्थ्य सम्बन्धि जानकारी गराउने र कृषि क्षेत्रमा विशेष जाेड,उत्पादनमा बिउबिजन दिने गरि यास कार्यक्रम संचालन गरेकाे पाइएकाे छ ।
RRN संस्था जर्मन सरकार BMZ र WHO काे स्वामित्वमा पाेषण सुधार कार्यक्रम अन्तर्गत संचालित छ। यस कार्यक्रकाे लागि रुन्टीगढी र त्रिवेणी गाउँपालिकाे लागि ९ कराेड ६० लाख रुपैयाँ रकम आर.आर.एन.बाट बजेट विनियोजन गरिएको छ ।रुन्टीगढी गाउँपालिकाकाे लागि ५ कराेड ४० लाख रकम ३ वर्षे कार्यक्रमकाे लागी छुट्याइएको छ ।
यस परियोजनाको कार्यक्रम २०७८ साल बाट संचाल भएकाे हाे भने याे कार्यक्रम २०८१ मा समापन गरिने गरि कार्यक्रम संचालन गरिएकाे छ ।कार्यक्रम रुन्टीगढी गाउँपालिका र राेल्पा जिल्ला संग समन्वय गरि संचालन गरिएको हाे । कार्यक्रमकाे संचालनमा RRN फिल्ड कर्मचारी भक्त राज उपाध्यले प्रशिक्षण दिएका दिए।
कार्यक्रम प्रभावकारी रहेको स्थानिय सहभागीहरुको प्रतिक्रिया रहेको छ।