ताजा अपडेट

जनतासंग माओवादी विशेष रुपान्तरण अभियान,रुन्टीगढी पार्टी संगठनको पूर्ण बैठक होलेरीमा सम्पन्न

-तेज बीर वि.सि.

रोल्पा- जनतासंग माओवादी विषेश रुपान्तरण अभियान (नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र )रुन्टीगढी गाउँ पालिका संगठन कमिटीकाे छैठाै पूर्ण बैठक सम्मपन्न भएकाे छ।

बैठकमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रीय सदस्य कृष्णा के.सी (क. नमुनाकाे)
विशिष्ट अतिथि प्रदेश कमिटी सदस्य गाेविन्द पुन नजर
ने क पा माओवादी केन्द्र रुन्टीगढी पार्टी अध्यक्ष जगत घर्ती र किसान संगठन अध्यक्ष खुसिराम राणाको सहभागीता
रहेकाे थियाे भने स्थानीय हरुकाे सवालमा जनता संग माओवादी जनता सम्म जान र जनता का आवाजहरु सम्बन्धित निकायसम्म नपुग्ने र चुनावी माहाेलमा मात्र घुलमिल गर्ने तथा जनताका कुरा पार्टीमा लिएर समीक्षा गर्ने संगै समाधानकाे बाटाे तयार गर्ने समेत कमिटीले निर्णय गरेकाे हाे।

उक्त कार्यक्रममा कार्यक्रमकाे प्रमुख अतिथि कृष्णा के.सी.ले कार्यक्रमलाई सम्बाेधन गर्दै
जनतासंग संबन्धी समस्या तत्काल हलगर्ने र समय अनुसार परिवर्तन गरि जनता का घरघर मा गएर माओवादीले गरेका काम र माओवादीकाे काम प्रति जनता संग अवगत गराउने मुख्य उदेश्य लिएर गाउँ फर्कने अभियान चलाएकाे हाे ।

अहिले पार्टी व्यलासी पन मा जादा हाम्रो संगठन बिग्रेको उनकाे भनाइ छ । हिजाेका दिन हामीले धेरै राम्रा काम गरेका छाै र अझै पनि सरकारले गरिरहेकाे छ अब सबेै नेता कार्यकर्ता जनता का घर घरमा गएर जनता का बारेमा जनताका समस्या बारे टिपाेट लिएर जन जीवन परिवर्तनका निम्ति खाका तयार गर्ने समेत बाेल्दै अब काे नेता कार्यकर्ता सुदृढ गरेर संगठन विस्तार गर्न आदेश समेत दिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस