ताजा अपडेट

पुल नहुँदा जोखिम मोलेर डोरीको सहायताले खोला तर्दै रुन्टिगढीका नागरिक

होलेरी- रोल्पाको रुन्टीगढी गाउँपालिकाका नागरिकहरुले दैनिक उपभोग्य सामाग्री किनमिल गर्न बजार जान जोखिम पोलेर खोला तर्ने गरेका छन्।

रुन्टीगढी गाउँपालिका वडा नं ८ का स्थानियहरु र वडा नं ६ का केहि स्थानियहरुलाई रसीको भरमा जोखिम मोलेर खोला तर्नु पर्ने बाध्यता छ।

दक्षिण रोल्पाको दोस्रो नाका समेत रहेको होलेरी-ग्वारखोला सडक खण्ड अन्तर्गत रुन्टीगढी गाउँपालिकाको वडा नं ८ रानिवास खोलामा पुल नहुँदा सिमा क्षेत्रका स्थानियहरु रसीको सहायताले खोला तर्ने गर्दछ्न्।

बर्षातका कारण होलेरी-ग्वारखोला सडक खण्डमा ठाउँठाउँमा पहिरो खसेर मोटरबाटो महिना दिन अघि देखि अवरुद्ध बनेको छ।

रुन्टीगढी गाउँपालिका वडा नं ८ का मेलटाकुरा,कुर्जा,खसगोरी,मगरगोरी लगाएतका गाउँहरु र रुन्टीगढी वडा नं ६ को वाबाङ,दोक्राबन लगाएतका गाउँहरु भौगोलिक हिसाबले पश्चिम दाङसंग सिमावर्ती क्षेत्रमा पर्दछ्न्।

डोरीको सहारामा ग्वारखोला तर्दै स्थानियहरु

उनिगरुलाई दैनिक उपभोग्य बस्तु किनमेलका लागि गाउँपालिकाको केन्द्र भन्दा होलेरी दाङको बिजौरी बजार नजिक पर्दछ।

त्यसैले उनीहरु किनमेलका लागि दाङ जाने गर्छन्।
दैनिक उपभोग्य बस्तु खरिदका लागि होश् वा बिरामी पर्दा उपचार गराउँन हामिलाई दुरीका हिसाबले दाङनै नजिक पर्ने गर्दछ।-एक स्थानियले भने।

आजभोलि बर्षातको समय छ।मोटरबाटो महिना दिन देखि अवरुद्ध छ।सरकारले रानिवास खोलामा पुल बबाइदिएको छैन।त्यसैले जोखिम मोलेरै भएपनि रसीको साहारामा खोला तर्दै आएका छौँ।कुन दिन के हुने हो हामिलाई पनि थाह छैन।-उनले भावुकताका शाथ पिडा सुनाए।

बर्षात शुरु भए देखि दैनिक ५०/६० जनाको संख्यामा स्थानियहरुले रसीकै साहारामा आवतजावत गरिरहेको स्थानियहरुको भनाई रहेको छ।

परिबर्तनका लागि ठुलठुला बलिदान दिदै आएको रोल्पाका स्थानिय अझै रसीको भरमा खोला तरि रहेका छन्।

प्रतिक्रिया दिनुहोस