सल्यान- सल्यानमा छोराले आफ्नै आमाको हत्या गरेका छन् ।
जिल्लाको शारदा नगरपालिका वडा नं.१३ माथिल्लो सल्यानचौरका २३ बर्षिया नविन भण्डारीले ४८ बर्षिया आमा शारदा भण्डारीको हत्या गरेका हुन ।
मंगलवार विहान ४ बजेको समयमा नविनले,आमा बुवा सुत्ने कोठामा गएर एक्कासी पैंयाको लठ्ठीले टाउकोमा हानेर आमाको हत्या गरेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार शारदा भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त घटना भएको स्थानमा स्यानिखाल प्रहरी पोष्ट बाट प्रहरी हवल्दार कुलराज चौधरीको कमान मा ३ जना र जिल्ला प्रहरी कार्यालय सल्यान बाट प्रहरी निरीक्षक सन्तोष खनालको नेतृत्वमा ५ जना प्रहरीको टोली पुगी हत्याको आरोप लागेका नविन भण्डारी लाई नियन्त्रणमा लि घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताउनु भएको छ ।