ताजा अपडेट

नेपाल तरुणदल रोल्पाको कार्यबाहक अध्यक्षको जिम्मा उपाध्यक्ष पशुपति घर्तिलाई

रोल्पा-नेपाल तरुणदल रोल्पा जिल्ला कार्यबाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पशुपति घर्ती मगरलाई दिइएको छ।

जिम्मेवारी हस्तान्तरण

यस अघि कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका तिलबहादुर बुढाथोकी(तिलक)नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनबाट रोल्पा जिल्ला पार्टी सचीवमा निर्वाचित बनेपछि सनिवार बुढाथोकीले तरुणदल रोल्पाका वरिष्ठ उपाध्यक्ष पशुपति घर्ती मगरलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका हुन्।

कार्यबाहक जिल्ला अध्यक्ष घर्ती

कार्यबाहक अध्यक्ष घर्ती माडी गाउँपालिकाका स्थानीय हुन्।

लामो समय देखि तरुण दलमा लागेर सक्रिय राजनीति गरेका घर्ती रोल्पामै बसेर समाजसेवा तथा राजनीति गर्ने रोल्पाका नेता मध्येका एक हुन्।

घर्ती युवा पुस्तामाझ लोकप्रिय छवि बनाएका युवा नेता समेत हुन्

जिम्मेवारी पत्र

प्रतिक्रिया दिनुहोस