रोल्पा- रोल्पा जिल्ला प्राकृतिक हिसाबले बरदाननै पाएको जिल्ला हो।
जलजला हिमाल,सुनछहरी झरना,माडी खोला,धार्मिक स्थल स्वर्गद्वारी महाप्रभुको जन्मभुमी रुन्टी र रुन्टीलेक तपोभुमी गढि लेक,भारत देखिने मुरुल्ले लेक प्राकृतिक उपहार शिब पार्वती गुफा लगाएतका प्राकृतिक,धार्मिक तथा ऐतिहासिक सम्पदाले रोल्पा सुसजित छ।
अझ भनौ रोल्पा प्राकृतिक हरियाली र सुन्दरताले स्वर्ग जस्तै सुन्दर छ।
दाङ,सल्यान,प्युठान र रुकुम जिल्लाहरुसंग सिमाना जोदिएको यस जिल्ला भौगोलिक बिकट्ता तथा बिबिधताले भरिपूर्ण छ।
रोल्पा प्राकृतिक हिसाबले जति धनि छ उत्तिकै रुपमा संभवना पनि यस जिल्लाले बोकेको छ।
धार्मिक ऐतिहासिक एवं पर्यटकिय दृष्टिकोणबाट यस जिल्ला थप समृद्ध बन्न सक्ने कुरोमा दुई मत छैन।
रोल्पा तत्कालीन १० बर्षे माओवादी जनयुद्धको पनि उद्गम थलो हो।रोल्पाका जनताहरुकै बलमा तत्कालीन माओवादी जनयुद्ध सफल भएको थियो।
तर पन्चायत यता रोल्पाले बिकासको जुन गति ल्याउँनु पर्ने थियो त्यस अनुसार परिबर्तन हुन भने सकिरहेको छैन।
पन्चायत कालमा पनि रोल्पामा राज्यले उपेक्षा गरेको भने हुँदै होइन।पन्चायत कालमै रोल्पा थुप्रै विद्यालयहरु स्थापना गरिएका थिए भने राष्ट्रिय गौरवका आयोजनाहरु दाङ देखि प्युठान हुँदै रोल्पा सदरमुकाम सडक खण्ड पन्चायतकालमै निर्माण गरेर कालोपत्रे गरिएको थियो।
त्यस्तै बडाचौर एयरपोर्ट समेत त्यहि समयमा स्थापना गरिएको थियो।यद्यपि यसले निरन्तरता पाउन सकेन।
२०५२ शाल यता नेकपा माओवादीले देशमा शस्त्र द्वन्द्वको घोषणा गर्यो।
तत्कालीन राज्य पक्ष र बिद्रोही पक्ष माओवादीबिच लगातार १० बर्षसम्म युद्ध छेडियो।यो दश बर्षको समयमा भने रोल्पाले मानवीय,भौतिक,शारीरिक र मानसिक क्षति उठायो।तर बिकासको अनुहार देख्न पाएन।
शान्ति सम्झौता पछि २०६२/०६३ शाल यता मुलुकमा राजतन्त्रकम्को अन्त्य गरेर गणतान्त्रिक ब्यबस्था स्थापना गरियो।
अब १० बर्षसम्म देशकै सबैभन्दा बढि क्षति बेहोरेको,योगदान दिएको उद्गम स्थल रोल्पाका स्थानियहरुले रोल्पाको मुहार फेरिने प्रमुख अपेक्षा गरेका थिए।
२०६४ को निर्वाचनमा माओवादीकै नेतृत्वमा बहुमतको सरकार बन्यो।तर सरकार धेरै महिना टिक्न सकेन।तत्कालीन प्रधान सेनापति रुकमांगत कटुवालको बिषयलाई लिएर बिबादास्पद निर्णय लिए पछि तत्कालीन प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदबाट राजिनामा नै दिनु परेको थियो।
त्यसपछि माओवादी अध्यक्ष प्रचण्ड हालसम्म ३ पट्क मुलुकको प्रधानमन्त्री बनिसकेका छन्।बर्तमान समयमा उनै अध्यक्ष प्रचण्ड देशको प्रधानमन्त्री छन्।
रोल्पाबाट पनि माओवादी नेताहरू लगातार सत्तामा छन्।रोल्पाबाटै जनयुद्ध लडेका नन्दकिशोर पुन (पासाङ)मुलुकको उपराष्ट्रपति बने।कृष्ण बहादुर महरा अर्थमन्त्री सहित पटक पटक मन्त्री बने,ओनसरी घर्ती सभामुख बनिन्।बर्षमान पुन पटकपटक संघीय सरकारका मन्त्री बने।
संघीयता आए यता लुम्बिनी प्रदेशमा रोल्पाबाटै माओवादी नेता कुलप्रशाद केसी (सोनाम) मुख्यमन्त्री बनि सकेका छन्।दिपेन्द्र पुन (सिजल) लगातार दोश्रो पटक प्रदेश सभा सदस्य निर्वाचित भएका छन् भने हाल रोल्पा प्रदेश सभा `क´ बाट जोखबहादुर महरा प्रदेश सरकारमा छन्।
शान्ति सम्झौता पछिका प्रत्येक आम निर्वाचनमा यिनै माओवादी नेताहरूले लगातार रोल्पाबाट निर्वाचन जित्दै आएका छन्।
तर रोल्पाको मुहार फेरिने गरि भने कुनै परिवर्तन गर्न सकेनन्।रोल्पाको समग्र बिकासका पुर्वाधारका अवस्था,जिबनस्तर,बाध्यता,पिडा,अभाव र समस्यामा मलहम पट्टि लगाउन सकिरहेका छैनन्।
यतिसम्म कि हिजो माओवादी द्वन्दबाटै परिवारका सदस्य गुमाएका शहिद परिवार,घाइते,अपाङ्ग र बेपत्ताहरुका परिवारको दैनिकी निकै कष्टकर रहेको छ।
दाङ प्युठान लिवाङ सडकको कालोपत्रे उप्कदा टाल्न समेत सकेका छैनन् भने दक्षिण पश्चिम रोल्पाको प्रवेशद्वार घोराही होलेरी थबाङ हुँदै रुकुम पुर्व जोड्ने शहिदमार्गको कन्त बिजोग छ।
विद्यालयहरुको अवस्था लथालिङ्ग छ।स्वास्थ्य संस्थाहरुमा बिशिषज्ञ डाक्टर छैनन्।पर्याप्त औषधि छैन।विद्युत,खानेपानी लगाएत समग्र पुर्वाधारहरुको अवस्था पनि त्यस्तै छन्।
बर्षमान पुन निर्वाचनका समयमा मात्रै रोल्पामा आउँने गर्छन् त्यसपछि बिरलै रोल्पा फर्कन्छ्न्।
आफ्नो गृह जिल्ला आएर जनताका जिबनस्तर र दैनिकी नबुझेर सधै काठमाडौंमै बसेपछि जनताका पिडा कसरी थाह होस्?
त्यसैले होला बर्षमानसंगै अन्य नेताहरूले पनि संसदमा रोल्पा र रोल्पालीहरुका दु:ख,शास्ति र पिडाका बारेमा चुईक्क बोल्न सकेको सुनिएको छैन।
हिजो रोल्पामै जन्मेर सामान्य जिबनस्तरका बर्षमान आफू बिरामी पर्दा चाइना गएर उपचार गराउँने गर्दछ्न्।तर रोल्पाका जनता बिरामी पर्दा जिल्ला सिटामोल नपाएको उनलाई थाह छैन होला सायद।
हिजो आज संसदमा रोल्पा जिल्लाका वास्तविक दु:ख पिडा र अधिकारका एजेन्डाहरु शसक्त रुपले गुन्जयमान हुन थालेका छन्।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा समानुपातिक तर्फ रोल्पाबाटै प्रतिनिधि सभा सदस्य ईश्वरी घर्तीले जोडतोडले आवाज उठाउँन थालेकि छन्।निर्वाचित भएको १ बर्षभित्रै सांसद घर्तीले रोल्पा र रोल्पालीहरुको आवाज बनेर जबर्जस्त सरकारको ध्यानाकर्षण गराइरहेकि छन्।
सांसद घर्तीले पनि हालसम्म रोल्पाका जनताकै लागि यो काम काम गरिन भन्ने कुनै त्यस्तो परिबर्तनात्मक कार्य भने छैन।प्रमुख प्रतिपक्षको सिटबाट माओवादी नेताहरूले बिर्सि सकेका मुद्दहरु भने रोस्ट्रम क्रमशः उठाई रहेकि छन्।
उनले घोराही-होलेरी शहिद मार्गको दुरावस्था बारे सरकारको ध्यानाकर्षण गराईन।रोल्पामा एउटा पनि बिशिषज्ञ डाक्टर नभएको संवेदनशिल मुद्दा उठाईन।सामुदायिक विद्यालयहरुको खस्किदो अवस्थाको मुद्दा उठाईन।
महिला अधिकार माथिका अन्याय विरुद्ध शसक्त आवाज उठाइन।
थुप्रै समसामयिक बिषयमा सरकारलाई जवर्जस्त काउन्टर दिन भ्याईन।सांसद घर्ती दक्षिण रोल्पाको होलेरी घर भएको उनले समग्र रोल्पा र रोल्पालीहरुका आवाज बुलन्द गरिरहेकि छन्।
४ बर्ष अझै कार्यकाल बाँकि रहँदा भविष्यमा राष्ट्रिय राजनैतिक वृत्तले कस्तो मोड लिने हो भन्ने कुरो भने हेर्न बाँकि छ।त्यस्तै आफ्नो कार्यकाल अवधिभर सांसद घर्तीले रोल्पालीहरुका जिवनस्तर परिबर्तन गर्ने खालका ठोस कदम चाल्न सक्छिन वा सक्दैनिन् त्यो पनि समयले नै पुष्टि गर्दै जानेछ।
तर यतिबेला भने सांसद घर्तीको प्रस्तुतिले देशभर चर्चा बटुलेको छ भने रोल्पामा पनि उनिबाट परिबर्तनको आशा बढेको छ।