ताजा अपडेट

मेरो देश

बौद्धिकताले भरिपुर्न बनाउनु छ मेरो देश
देशभक्त भावनाले सजाउनु छ मेरो देश

युद्ध गरेर रगतको थोपाले होइन
सामान्य कलमको मसिले परिबर्तन गर्नुछ मेरो देश

मुर्ख राक्षस चाहिएको होइन यहाँ
बुद्ध जस्तै ज्ञानी पुरुष बन्नुछ यहाँ

स्वयंम ईश्वरलाईनै पुकार्नु छ
दुष्ट पापी भ्रष्टहरुलाई धिकार्नु छ

चारकिल्लाको माटोको रक्षा गर्नु पर्नेछ
बिर गोर्खालीको परिचय फेरि बिउँझाउनु पर्नेछ

चार जात छत्तीस बर्णको साझा फुलबारी मेरो देश
रंगमञ्च फुलबारी सधै शान्तिले बाचिरहोस मेरो देश

लेखक खड्का होलेरी खबरमा कार्यरत हुनुहुन्छ

प्रतिक्रिया दिनुहोस