काठमाडौं- पुर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारकै मिलेमतोमा सुन तस्करी गरिएको आरोप लगाएका छन्।त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक सय किलो सुन बाहिरिनुमा बर्तान सरकारको हात रहेको बताएका हुन्।आज (शनिबार) नेपालगञ्ज पार्टीको कार्यक्रममा पुगेका ओलीले उक्त घटनामा सरकारले नैतिक जिम्मेवारीसमेत नलिएको उनको आरोप छ ।
‘एक सय केजी सुन कसैले थाहै नपाई मानिस पनि सुतेका बेला, जाँचकीलाई पनि छक्काएर फुत्त कसरी बाहिर आयो ?’ उनले तर्क गरे
गठबन्धन सरकारले देशलाई टाट पल्टाउने काम गरेको उनको आरोप छ । अहिलेको सत्ता गठबन्ध अपवित्र भएको उनले बताए।