ताजा अपडेट

अध्यक्ष ओलीले लुम्बिनी प्रदेशका एमाले जनप्रतिनिधिलाई दुई दिन प्रशिक्षण दिने

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज नेपालगञ्ज जाँदैछन् । एमालेबाट लुम्बिनी प्रदेशमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन ओली नेपालगन्ज जान लागेका हुन् ।

शनिबार र आईतबार चल्ने प्रशिक्षणका लागि ओली अहिले ११ बजे नेपालगञ्ज पुग्ने कार्यक्रम रहेको छ । ओलीले संघ, प्रदेशका सांसदहरू र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण दिनेछन् ।

प्रतिक्रिया दिनुहोस