काठमाडौं- राप्रपाको केन्द्रीय कार्यालय रहेको भवन आगामी सोमबारसम्म खाली गर्न उर्दी जारी गरिएको छ।
काठमाडौं महानगरपालिकाले राप्रपाको कार्यालय खाली गराउन मिति तोकिदिएको छ।
महानगरका कर्मचारीहरुले धुम्बराहीस्थित कार्यालय भवन अगाडि पुगेर आज माइकिङ गरेका थिए ।
कल्याण राजभण्डारी र प्रज्ञा चापागाईँको नाममा रहेको उत्त, घर राप्रपाले २०६९ सालदेखि प्रयोग गर्दै आएको बताएको छ ।
दाताहरुले राप्रपालाई यो घर-जग्गा प्रयोग गर्न दिएता पनि नक्शापास नहुनाले राप्रपाको नाममा नआएको र त्यसै कारण उक्त भवन खाली गराउन महानगरले उर्दी जारी गरेको बताइएको छ ।