ताजा अपडेट

लघुवित्तहरूले दुख दिएमा जानकारी गराउन राष्ट्र बैँकको अनुरोध

काठमाडौँ- लघुवित्तहरूले ऋणीबाट बढी ब्याज असुले वा गैरकानुनी ढङ्गबाट सम्पत्ति लिलाम गरे जानकारी गराउन नेपाल राष्ट्र बैँकले ऋणीहरूलाई अनुरोध गरेको छ ।

केन्द्रीय बैँकले ऋणीबाट बढी ब्याज असुले जानकारी गराउन आग्रह गर्दै सूचना निकालेको छ ।

लघुवित्तहरूले नेपाल राष्ट्र बैँकको निर्देशन पालना नगरे, बढी ब्याज वा शुल्क लिए जानकारी गराउन ऋणीहरूलाई आग्रह गरेको हो ।

गुनासो सुनुवाइ गर्न राष्ट्र बैँकले छुट्टै डेस्क खडा गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस