ताजा अपडेट

म्यान्मारकी नेतृ सुकिलाई नजरबन्दमा पठाइयो

काठमाडौं- म्यान्मारकी नेतृ आङ सान सुकिलाई जेलबाट नजरबन्दमा पठाइएको छ । बीबीसीका अनुसार उनलाई नेपिडोस्थित एक सरकारी भवनमा सारिएको हो ।

यसअघि उनलाई एक वर्ष एकान्त कारावासमा राखिएको थियो । सन् २०२१ फेब्रुअरीमा सेनाले म्यान्मारमा ‘कु’ गरेर सुकिलाई हिरासतमा लिएको थियो । ७८ वर्षीया उनलाई ३३ वर्षको सजाय सुनाइएको छ।

प्रतिक्रिया दिनुहोस