काठमाडौं- भक्तपुरबाट लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
सर्लाहीको हरिवन नगरपालिका वडा नं. ७ घर भई हाल भक्तपुर नगरपालिका वडा नं. ५ आदर्श बस्ने २२ वर्षीय समिर आलम र सुनसरी घर भई हाल भक्तपुर नगरपालिका वडा नं. ५ भेलुखेल बस्ने १९ वर्षीय अर्जुन परियार रहेका छन् ।
उनीहरुको साथबाट डाइजेपाम, फेनारगन र नोरफिन आठ/आठ थान तथा पाँच थान सिरिन्ज बरामद भएको सूचना अधिकारी बसन्त पाठकले जानकारी दिए ।