काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले निर्वाचन आयोगमा १५ हजार रुपैयाँ जरिवाना तिरेका छन्। गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भएको खर्च विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले उनलाई जरिवाना तोकेको थियो।
अहिले जरिवाना तिरेकोबारे सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै थापाले खर्च विवरण सार्वजनिक गरेको जानकारी आयोगलाई दिनु पर्ने कुरा आफूलाई थाहा नभएको बताएका छन्।
थापाले प्रतिनिधि सभा निर्वाचनमा २३ लाख ४२ हजार ७६८ रुपैयाँ खर्च भएको बताएका छन्।