रोल्पा-नेकपा (एमाले)केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य ईश्वरी घर्तीले बुधबार प्रतिनिधिसभा बैठकमा महिलाको चरीत्र माथिको खेलवाड भएको भन्दै चेतावनी दिएकि छन्।राम एकवाल दासले लेखेको लोकसेवा आयोगको तयारी पुस्तकमा राखिएको एक प्रश्न आपत्तिजनक तथा हिंसापुर्ण भएको उनको जिकिर छ।वन मन्त्रालयका सहायक संरक्षण अधिकृत समेत रहेका राम एकवाल दासले लेखेको पुस्तकमा महिलालाई जनावर र त्यसको चरित्रसंग तुलना गरेर प्रश्न सोधिएको छ।लोकसेवा आयोगको उक्त तयारी पुस्तकमा सोधिएको यस्तो खालको प्रश्न समग्र महिलामाथिको अन्याय र हिंसा भएको सांसद घर्तीले संसद भवन भित्र लेखकलाई यथा सिघ्र निलम्बन गरि कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएकि हुन्।महिला अधिकार हनन् गरेको र राष्ट्रिय रुपमै महिलाको बेइज्जत गरिएको भन्दै उनले प्रश्न र प्रश्न सहित राखिएको उत्तरहरु पढेर सुनाएकि थिइन।यो संगै उनले अधिवक्ता सितल पाण्डेले मगर र तामाङ जातीको हाडनाता बिच बिहे हुन्छ भनेर दिएको अमानवीय अभिब्यक्तिले भ्रम तथा समुदायमा सन्त्रास फैलाएको भन्दै पनि खण्ड गरेकि हुन्।