ताजा अपडेट

जनमत पार्टीका सांसदलाई प्रशिक्षण

काठमाडौं-राष्ट्रिय जनमत पार्टीले प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरूलाई दुई दिने प्रशिक्षण दिइरहेको छ।

काभ्रेपलाञ्चोकका धुलिखेलमा दुई दिने प्रशिक्षण चलिरहेको र अनुशिक्षण ‘मिसन २०८४’मा केन्द्रित रहेको पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिएका छन्।

‘सांसदहरूलाई कार्यसम्पादनमा कसरी अब्बल बन्ने? नागरिकका गुनासा सम्बोधन कसरी गर्ने भनेर नै प्रशिक्षण केन्द्रित छ,’ उनले भने, ‘हामीले यसलाई संगठनात्मक अवस्था सुदृढीकरणकै रूपमा लिएका छौं।’

सोमबारसम्म चल्ने प्रशिक्षणमा प्रतिनिधि सभाका ६ जना र प्रदेशका १५ जना सांसद सहभागी छन्। आइतबार पार्टीका उपाध्यक्ष दीपककुमार साहलगायतले प्रशिक्षण दिने छन्। प्रशिक्षणलाई पार्टीका अध्यक्ष सिके राउतले पनि सम्बोधन गर्ने कार्यसूची रहेको र यसलाई आगामी निर्वाचनको तयारीसँग जोडिएको प्रवक्ता यादवले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस