दाङ-नेकपा (एमाले) बंगलाचुलि गाउँपालिका विशेष भेला बाट नयाँ समिती सर्व सहमत निर्वाचित गरेको छ।
गाउँपालिका समितिमा अध्यक्षमा यमुना थापा घर्ती, उपाध्यक्ष, सचीवमा दल बहादुर खत्री, सह- सचिव देबि राम जि. सि लाल बहादुर गिरि कोषाध्यक्षमा सुशील परियार सहित ७५ सदस्य गाउँपालिका भेलाले निर्वाचित गरेको छ।
उक्त भेलाको अध्यक्षता जेष्ठ नागरिक हुकुम थापाले गर्नु भएको थियोे। भेलाको प्रमुख अतिथि नेकपा ( एमाल) प्रदेश कमिटी सदस्य भेष राज खत्री, बिशिस्ट अतिथि पदम खत्री, जिल्ला सदस्यहरु बिस्नु अर्याल, बेद प्रकाश जि. सि, शिक्षक संगठनका जिल्ला उपाध्यक्ष सोम बहादुर ओलि, शिक्षक संगठनका गाउँपालिका अध्यक्ष खिमान सिंह ओलि,लगायतको उपस्थिति थियो।
भेला लाई सम्बोधन गर्दै प्रदेश कमिटी सदस्य भेष राज खत्रीले अब बंगलाचुलिलाई भ्रष्टाचार र अनियमितलाई निर्मुल पार्न हाम्रो गैरवशाली पार्टी नेकपा ( एमाले) अहम् भुमिका निर्भा गर्ने नयाँ कमिटी लाई निर्देश मुलक सुझाव दिनु भो। शिक्षक संघ दाङ्ग जिल्ला उपाध्यक्ष शोम बहादुर ओलिले
नयाँ निर्वाचित कमिटी लाई शुभकामना दिदै अब पार्टी लाई संचालन गर्न प्रबिधिलाई आत्मसात गर्दै अगाडी बढ्न सबै नेता कार्याकर्तालाई आग्रह गर्नु भो साथै शुभकामना व्यक्त गर्नु हुनेमा खिमान सिंह ओलि, बेद प्रकाश जि. सि, बिस्नु अर्याल , लगायतले दिनु भएको थियो।
जिल्ला कमिटी सदस्य बिस्नु आर्यलको स्वागत मन्तव्य बाट कार्यक्रम संचालन गरिएको थियो।