होलेरी-रोल्पाको होलेरी देखि दाङसम्म जोड्ने होलेरी ग्वारखोला सडकखण्ड कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ।संघिय सरकारको लागतमा होलेरी देखि ५ कि.मि.कालोपत्रेका लागि गत बर्षबाट काम सञ्चालन गरिएको थियो।पिके कन्स्ट्रक्सन दाङले जिम्मा लिएको हो।सडक ग्रावेल,वाल,नाला लगाएतका कामहरू सम्पन्न भईसकेको र केहि समय सडक लेवल बस्न दिएर यहि बर्षको कार्तिक महिना भित्र कालोपत्रे सम्पन्न हुने पिके कन्स्ट्रक्सन दाङका सञ्चालक प्रकाश रसाइलीले होलेरी खबरलाई जानकारी दिनुभएको छ।५ कि.मि.सडक कालोपत्रे सम्पन्न भयो भने रुन्टीगढी गाउँपालिका वडा नं ७ र ८ का स्थानीयलाई यात्रामा सहज हुनेछ दाङबाट रोल्पाको होलेरी प्रवेश गर्ने दोश्रो नाका भएर आवतजावत गर्ने यात्रुहरुलाई यात्रामा केहि हदसम्म राहत मिल्ने छ।