ताजा अपडेट

मध्यमार्गी मौद्रिक नीति ल्याउनुपर्छ– पूर्व अर्थमन्त्री पौडेल

काठमाडौं,साउन ४
पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेलले मध्यमार्गी मौद्रिक नीति ल्याउनुपर्ने बताएका छन्।

पौडेलले बाह्य क्षेत्रमा देखिएको सुधारलाई कायम गर्दै आन्तरिक क्षेत्रमा देखिएको शिथिलतालाई कम गर्न गतिशिलता प्रदान गर्ने गरी गति मध्यमार्गी मौद्रिक नीति ल्याउनुपर्ने बताएका हुन्।

मौद्रिक नीति सम्बन्धमा अर्थ समितिमा आयोजित छलफलमा पौडेलले यस्तो बताएका हुन्।

राष्ट्र बैंक र अर्थमन्त्रालयबीच हार्दिक वातावरण हुनुपर्ने समेत उनले बताए।

यी दुई निकायबीच सम्बन्ध सुधार भएको अवस्थामा मात्रै बजारको मनोविज्ञान बढ्ने उनले बताए।

उनले अहिलेको मुलुकका जुनैपनि निकायले सार्वजनिक गर्ने तथ्यांक विश्वसनीय भए पनि प्रक्षेपण भने विश्वसनीय नभएकोले यसलाई यर्थाथपरक बनाउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस