ताजा अपडेट

यस्तो जोखिमपूर्ण यात्रा हामीले कहिले सम्म गर्नुपर्ने सरकार??

रोल्पा- रेडियो खोल्यो दुर्घटना ,फेसबुक हेर्यो दुर्घटना ,पत्रपत्रिका पढ्यो दुर्घटना दिन- प्रतिदिन देशका विभिन्न ठाउँहरुमा भैरहेका सडक दुर्घटना सम्बन्धि खबरले मन छेदबिच्छेद बनायो र मन थाम्न सकिएन त्यसैले मनमा लागेका सडक दुर्घटना सम्बन्धिका केहि कुराहरु लेख्ने प्रयास गरेको छु।

दुर्घटनाका खबरहरु हामी सबैले देखि अनि सुनिरहेका छौं तर कसरी ?के कारणले ? र किन यसरी दिनप्रतिदिन दुर्घटना भैरहेको छ र मान्छेहरुले अकालमै ज्यान गुमाईरहेका छन भन्ने बिषयमा हामी कोहि बोल्दैनौ हामि कसैले चासो गर्दैनौं ,हाम्रो चासो छ त समाचार हेर्न, समाचार शेयर र समाचार बनाउनमा छ । सरकारको चासो तथ्यांक संकलन गर्ने ,देशका विभिन्न ठाउँहरुमा सडक दुर्घटना बाट मृत्यु हुनेहरुको संख्या गणना गर्नेमा छ। दुर्घटनामा ज्यान गुमाउने परिवारहरुको कस्तो बिचल्ली छ कसलाई के थाहाँ छ।

मलाई लाग्छ, हाम्रो देशको निति, नियम कार्यनयन गर्ने र नियन्त्रण गर्ने निकाय कमजोरी छ। पावर पहुँच भएकाले जे गर्दा छुट दिन्छ सबैलाई एउटै प्रकृतिको निति नियमको लागु छैन सिस्टम बिपरितका हुने काम धेरै छ ब्यक्ति अनुसार फरक- फरक नियम कानुन लागु भएको देखिन्छ सर्वसाधारण लाई गाह्रो र ठुलालाई सजिलो बनाउएको छ माथिबाट आदेश आएपछि ठुलो लाई छोड्ने सानोलाई समात्ने प्राविधिको विकास भएको देखिन्छ यसले धेरै प्रभाव पारेको छ।

दुर्घटनाले कसलाई पनि खुसी बनाउने कुरा होइन यसले धेरै परीवारलाई तहसनहस बनाएको छ । धेरैलाई अंगभङ्ग पारेको छ । सरकारले न सडक बाटो सुधार गर्छ न बाटो फराकिलो पार्छ जनताको करबाट उठाएको पैसा गोजीमा हाल्छ जनताले यात्रा गर्ने बाटोमा कतै खाल्डाखुल्डी, कतै धुलोधुवा र कतै हिलो त कतै साघुरो छ। उदाहरणको लागि हेर्नुस् न घोराही तुलसीपुर सडक बाटो कस्तो छ?सहिद राजमार्ग भनेर चिनिने घोराही, रोल्पा सडक मार्गको बाटोको हालत के छ ?त्यही पनि हामीले गाउँगाउँमा संहदरबार पुर्यायौ घर -घरमा सडक बाटो पुर्यायौ भन्ने धेरैको गफ छ ।

सवारी दुर्घटना दुई दिनको दुःख जस्तै बनेजस्तो देखिन्छ, पिडितहरुको पीडा कस्तो हुन्छ भनेर कसैले मापन गर्छ ।
अब तपाई आफै भन्नुहोस् दुर्घटना हुनुको मुख्य कारण के हुनसक्छ ? सडक बाटो निर्माणमा मापदण्ड बिपरित हुनु, भ्रष्टाचारको जालो र कमिसनतन्त्रले सबै चिज ठिक देखिनु, नियम बिपरित सरकारी निकायले सवारी संचालन गर्ने अनुमति दिनु जस्ता कारण देखिएकै छैनन।

दुर्गम स्थानमा बाटो निर्माण पछि सवारी संचालन गर्न योग्य संरचना छ वा छैन भनेर प्रमाणित गरेको देखिदैन प्राविधिक सर्बेक्षण बिपरित निर्माण भएका मोटरबाटोमा सवारी चलाउन योग्य नहुनु । ठेक्कापट्टा गरेर निर्माण गरेका संरचनाको गुणस्तरमा अनियमितताको छानविन नै नहुनु मुख्य समस्या देखिन्छ । ठेक्का कामको गुणस्तर भन्दा पनि कसरी कमाउन सकिन्छ भन्नेतिर केन्द्रित हुनु । ठेकेदार, फिल्ड प्राविधिक, कार्यालय प्रमुख सम्म कमाउने नै दाउ हुन्छ, त्यहि कमाउ धन्दामा नै पुराना थोत्रा भएका गाडीहरु संचालन गर्न अनुमति दिइन्छ, गाडीमा यात्रीको चाप के कस्तो छ भन्ने बिषयमा केही निगरानी छैन, ट्राफिक दाईलाई दुई रुपैया कमाउन पाएसि हिसाब मिलि हाल्छ, निगरानी गर्ने जिम्मा पाएको निकायलाई कमिसन खाए पुग्छ। तितो अनुभव त दुर्घटना भोगेको परिवारलाई मात्र थाहाँ हुन्छ।

यी समस्यालाई उजागर गर्दै समाधानको लागि केन्द्रिय सरकार, सबै स्थानिय तहमा सरकार सबै नेतृत्वदायी भुमिका रहेका प्रतिनिधि सबैमा बिनम्रका साथ यहि लेख (आर्टिकल) मार्फत ध्यानाकर्षण गराउदछु, सडक बाटो सुधारमा ध्यान जाओस् गाडी संचालनको मापदण्ड सबैलाई सम्मान होस् सवारी भाडा निर्धारण यात्रुको चाप अनुसार गाडी संचालनमा ध्यान केन्द्रित होस विकास मात्रै नभए सबैको दिगो विकासमा ध्यानाकर्षण होस् ।

प्रतिक्रिया दिनुहोस