रोल्पा- रोल्पाको होलेरी हुँदै दाङको छिल्लीकोट भएर दुधरास जोड्ने औद्योगिक मार्ग बर्षौँ देखि अलपत्र पारिएको छ।करिब आधा दशक अघि नेपाल सरकारले उद्योगहरुका सवारी चलाउनका लागि यस सडक निर्माणका लागि करोडौं बजेट छुट्याएको थियो।
रोल्पाको रुन्टीगढी गाउँपालिकामा मात्रै १८ भन्दा बढि चुन ढुङ्गा खानी दर्तामा रहेको श्रोत बताउँछ।हाल रुन्टीगढी भित्रका दुईवटा चुन ढुङ्गा खानी उत्खनन भैरहेका छन्।रुन्टीगढी गाउँपालिका ५ नयाँगाउँस्थित सोनापुर सिमेन्ट कारखाना दाङले एक दशक अगाडिबाट निरन्तर चुन ढुङ्गा उत्खनन गरिरहेको छ भने सम्राट खनिज उद्योग दाङले गत बर्ष देखि रुन्टीगढी ६ खारा गाउँ नजिकबाट चुन ढुङ्गा उत्खनन शुरु गरिरहेको छ।रुन्टीगढीका विभिन्न वडामा रहेका अधिकांश चुरे पहाडहरु उत्खननका लागि दर्ता भैइ सकेको श्रोतले देखाउँछ।यि सबै चुन ढुङ्गा खानीहरु निकट भविष्यमै उत्खननका तयारीमा रहेको जानकारहरु बताउँछन्।यदि यी खानीहरु सञ्चालनमा ल्याईयो भने रुन्टीगढीमा भएका प्राकृतिक श्रोत साधन संगै चुरे पहाड दोहोन निश्चित छ।संगसंगै घोराही-होलेरी शहिदमार्ग भएर दैनिक हजारौं टिप्परहरु गुड्ने छन्।रोल्पाको पर्यटकिय तथा ऐतिहासिक होलेरीको बिच बजार भएर पनि टिप्परहरु धमाधम गुड्ने छन्।शहिदमार्ग ध्वस्त बनिसकेको छ।अब निकट भविष्यमै होलेरी बजारका सडकहरु पनि उच्च चापले खण्डरमा परिणत हुनेछन् भने प्रदुषणले स्थानियहरुको बालीनाली र दैनिकीमा कठिन बदलाव ल्याईदिने पक्का छ।
देशको आर्थिक उन्नतिका लागि कलकारखाना तथा उद्योगहरु सञ्चालनमा ल्याउनु नराम्रो पक्ष भने होईन।विकसित देशहरूमा कलकारखानाहरु तथा उद्योगका लागि छुट्टै मापदण्ड तयार गरिएको हुन्छ र त्यसलाई पालना गर्नै पर्ने हुन्छ।विधिको शासन भएको कुनै पनि मुलुकमा उद्योग चलाउने नाममा सर्वसाधारणहरुलाई असुबिधा तथा प्रत्यक्ष असर पुग्न गएमा सरकारले उद्योगलाई तत्काल बन्द गरिदिन्छ्न्।तर रोल्पाको सन्दर्भमा भने देशको ३ तहकै सरकारले सर्वसाधारण जनतालाई परेको असरको कुनै वास्ता छैन।करिब आधा दशक पहिले उद्योगका सवारी हिड्ने छुट्टै मार्ग भनेर औद्योगिक मार्ग निर्माणका लागि करोडौं बजेट दिएको थियो।औद्योगिक मार्ग (ट्र्याक) खोल्न शुरूवात पनि गरियो।रोल्पाको डुब्रिङ हुँदै खनिएको औद्योगिक मार्ग रोल्पाकै गोदे भन्ने ठाउँ नजिकैसम्म लगिएको छ।हाल उक्त सडकमा सवारी त के मानिसहरु हिड्न पनि मुस्किल पर्दछ।
नेपाल सरकारको करोडौं बजेट के कसरी परिचालन गरियो?सडक किन अलपत्र पारेर छोडियो भन्ने बिषयमा रोल्पाको स्थानीय सरकार रुन्टीगढी गाउँपालिका र घोराही उपमहानगरपालिकाले फर्केर हेरेका छैनन्।उक्त योजनाको हिसाबकिताब समेत लुकाइएको छ।किन पारदर्शीता गरिएको छैन?स्थानियहरुलाई समेत कुनै अत्तोपत्तो छैन।सबै निकाय चुपचाप मौन बसेका छन्।औद्योगिक मार्ग खोल्न कसैले पहल गर्न सकेको छैन।केहि समय अघि घोराही होलेरी शहिदमार्ग संघर्ष समितिले सडकको हविगतलाई लिएर बिरोध जनाएपछि दुई रोल्पा/दाङ जिल्लाका सर्वदलीय सर्वपक्षीय रुपमै यस सडकको निरीक्षण गरेर पुर्णता दिन पहल गर्ने निर्णय गरिएको थियो।तर आजसम्म पनि कागजमा मात्रै सिमित पारिएको छ।यस मार्गको राज्यकै योजना र लगानीबाट उद्योगकै लागि खनिएको औद्योगिक मार्ग आजसम्म पनि सञ्चालनमा ल्याउन नसक्दा स्थानीय जनताहरु चिन्तित र क्रोधित बन्न थालेका छन्।