ताजा अपडेट

होलेरीको समाचारप्रती YCL को गम्भिर ध्यानाकर्षण

रोल्पा- रोल्पाको होलेरी विशेष एक समाचारप्रती नेकपा माओवादी निकट योङ्ग कम्युनिस्ट लिग ( YCL) को गम्भिर ध्यानाकर्षण भयको छ।मंगलबार टप नेपाल टिभीको अनलाईन पत्रिका www.holerikhabar.com मा प्रकाशित “रोल्पामा भत्किदै जनयुद्वका निशानीहरु,बेखबर जस्तै माओवादी कमरेडहरु” शिर्सकको समाचार प्रती संगठनको ध्यानकर्षण भयको वाईसिएल रुन्टिगढिका अध्यक्ष क्षितिजले सामाजिक संजाल मार्फत जानकारी दिनु भयको छ।

पत्रकार नन्दराम खड्काले लेख्नु भयको उक्त समाचारमा माओवादी जनयुद्वको उद्गमस्थल होलेरि राजनितिक दृष्टिकोणले अती महत्वपूर्ण र ऐतिहासिक क्षेत्र भय पनी जनयुद्वका महत्वपूर्ण निशानिहरुको संरक्षण हुन नसकेको भन्दै सम्बंधित निकायहरुलाई ध्यानाकर्षण गराईएको थियो‌‌‌।समचार प्रकाशित भयपछि अध्यक्ष क्षितिजले रोल्पाको होलेरीमा निर्माण गरिएको शहिद स्मारकको उचित संरक्षण नहुनु दुखद पक्ष रहेको भन्दै शहिदमार्गको छेउमै रहेको शहिद स्मारक भत्किदै गर्दा स्थानिय सरकार र रोल्पाली माओवादी नेताहरुलाई गिज्जाइरहेको तर कसैको चासो नरहनुले आफुहरुको गम्भिर ध्यानकर्षण भयको अभिव्यक्ति सामाजिक संजालमा सार्वजनिक गरेका छन्।

अध्यक्ष क्षितिजले यो विषयमा यो भन्दा अगाडि आफुले धेरै पटक यसको संरक्षणको लागि विभिन्न व्यक्ति एवं सम्बन्धित निकायहरुसंग छलफल गरिसकेको प्रष्ट पार्दै शहिदहरुकै उच्च बलिदानबाट प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्रमा शहिदहरुको नाम माथि भैरहेको यस प्रकारको अपमान सह्य नहुने भन्दै तत्काल उक्त शहिद स्मारकको संरक्षण गर्न स्थानिय सरकार र सम्बन्धित निकायहरुसंग जोडदार माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस