फागुन१जुम्ला– नेत्र विक्रम चन्द(विप्लव)नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति जुम्लाले हिमा गाउँपालिका वडा नं ४ को खेत्तु गाउँमा २७ औ जनयुद्ध दिवस भव्य रुपले मनाएको छ।
२७ औ जनयुद्ध दिवसको दिनमा नेकपा जुम्लाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा जनयुद्धको क्रममा जुम्ला जिल्लामा २०५५ साल असोज १८ गते तत्कालीन राज्यद्वारा एकैदिनमा भयका ४ जना सहिदहरु हरिप्रसाद पाण्डे क.प्राप्ति,पृथ्वी ब.रावत,दुर्ग ब.शाही र रकम शाहीको सम्झनामा प्रतिक्षालयको शिलान्यास र वृक्षरोपण गरिएको छ।
जिल्ला सेक्रेटरी बिर्ख बहादुर शाही (क.प्रभाजित)ले प्रतिक्षालयको शिलान्यास र वृक्षारोपण गर्नुभएको हो।उक्त कार्यक्रममा नेकपा जुम्ला जिल्लाका सम्पुर्ण नेता कार्यकर्ता,जबसका नेताहरू,सहिद परिवारजन लगायतको उपस्थिति रहेको थियो।
नेकपा जुम्लाका सेक्रेटरी बिर्ख बहादुर शाही क.प्रभाजितले जुम्ला जिल्ला हिमा गाउँपालिका वडा नं ४ अबस्थित खेत्तु गाउँलाई सहिद गाउँको नामाकरण गर्नुभएको छ।
सहिद परिवार लगायत नेता कार्यकर्तालाई शुभकामना दिने क्रममा सेक्रेटरी शाहीले सर्वहारा श्रमजीवी वर्गका सपना,सहिदका सपना,घाइते अपांग तथा बेपत्ता योद्धाहरुका सपनाहरू एकीकृत जनक्रान्तिको बाटोबाट पुरा गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियोे।
उक्त शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमालेका पुर्व जिल्ला कमिटी सदस्य तथा किसान संगठन जुम्लाका पुर्व उपाध्यक्ष दल बहादुर अधिकारीले एमाले पार्टी परित्याग गरेर नेपाल कम्युनिष्ट पार्टीको बिचार सिद्धान्तमा गोलबन्ध हुनुभएको छ।
नेकपा जुम्लाले आयोजना गरेको कार्यक्रममा सहिद परिवारको तर्फबाट बिर्ख बहादुर शाही र बुद्धिजीवीको तर्फबाट मुनबहादुर शाहीले शुभकामना मन्तब्य राख्दै अन्य पार्टीले र नेता कार्यकर्ताले धेरै ठुला परिवर्तनका बिकासका कुरा नगरौ,बरु उनिहरुले सहिदलाई र सहिदका सपनाहरुलाई आदर्शबाट पनि भुलि सकेको बताउनु भयो।