ताजा अपडेट

तस्वीरको व्यापार…

मलाई मार्क्सको याद आयो भने
बैज्ञानिक समाजवाद र विश्वसाम्यवादको तस्वीर देख्छु
मैले मार्क्सको जिबनी पढेर
सर्वहारा वर्गसंग मेल खाने
तस्बिरहरु भेटाउछु।

मलाई रुसी लेनिनको
याद आयो भने
लेनिनले मार्क्सवादलाई आत्मसात गरेर
रुसी जार शाहको सत्ता कब्जा गरेको इतिहास सम्झन्छु।

मैले लेनिनको जिबनी पढेर
रुसी उत्पीडित जनतालाई लेनिनले
बैज्ञानिक समाजवादी व्यवस्था वितरण गरेको इतिहास भेटाउछु ।।

मलाई माओको याद आयो भने
जनवादी व्यवस्था प्राप्तिपछीको
अहिले चर्चा कमाइरहेको
विशाल चिनको तस्वीर देख्छु
मैले माओको जिबनी पढेर
चिनका किसानहरुले मुक्ति पाएको
इतिहास भेटाउछु।

मलाई नेपालका कम्युनिष्टहरुको याद आयो भने ।
एकता,संघर्ष र टुटफुट र
गुटबन्दी भएको देख्छु ।

पुच्छरवादी कम्युनिष्टहरुले
मार्क्सका, लेनिनका र माओका
रंगिन तस्बिर बेच्नको लागि
पसल थापीरहेको
नाङ्गो चरित्र देख्छु ।

मैले नक्कली कम्युनिष्टहरुको
जिबनी पढेर
बिदेशीका तस्वीरहरु बेचेेर
आफ्ना भुडीहरु भरेको देख्छु ।

बिदेशीले दसगजामा आएर
सिमाना मिच्दा
हारजित हुदासम्म
लडिरहे ती विरपुर्खाहरु
अह
चुइक्क बोल्दैनन्
अहिलेका
ती दासी मुर्तिहरु
अह उठ्दैनन्
ती बेचीएका
मुर्दाहरुका तस्वीरहरु

आफ्नै देशभित्रका
नदि ,नाला बेचेर
घिच्नु सम्म घिचेर
अझै पुगेन अरे ब्वाँसाहरुलाई
MCC को तस्बिर ल्याएर
फेरि बेच्न खोज्दैछन् दलालहरु

अह कदापि समर्थन गरिदैन
विदेशीहरुले थुकेको
संयन्त्रसहितको भीक
नसा नसामा रगत उम्लन्छ

भन्न मन लाग्छ अमेरिकी
उत्तर साम्राज्यवाद -मुर्दावाद
राष्ट्रघाति MCC खारेज गरौ
लड्ने प्रतिबद्धता जाहेर छ
राष्ट्र र राष्ट्रयता बचाउन
चढाउने इच्छा छ बलिदान

मलाई भारतीय
राष्ट्रिय काङ्ग्रेसको
याद आयो भने
भारत स्वतन्त्र भएको
ती तस्वीर देख्छु ।

मलाई नेपाली काङ्ग्रेसको याद आयो भने
वि.पीले भनेकै चिटिक्क परेको घर,
जनताको जग्गामा
एक एक हल गोरु
जनताले नै जोतिरहेका
तस्वीर देख्छु ।

मैले नेपालका काङ्ग्रेसीहरुको
जिबनी पढेर
वि.पीका ति तस्वीरहरु
महङ्गोमा बेचिरहेको
आफ्ना भुडीहरु
भरिरहेको देख्छु ।

अझ पर पर यी नयनहरुले हेर्दा
जुम्ला बजारभित्रका
फोहोर नै फोहोरका धुमहरुसंग
तुलना गर्छु एकछिन
वि.पीको आत्मकथा र विद्रोहका दस्तावेजहरु ।

यो मैले देखेको पक्क‌ हुदै हैन बडाहजुर !
दोषी चश्माले देखेको हो ।

एक लाखमा एक मुर्दा किन्न
पाइन्छ अरे त्यो घोषणापत्रमा
यो मैले भनेको पक्कै हुदै हैन
त्यो त मैले
दास किनबेच हुने
दासमहलमा पढेको हु ।

मेरो देशमा रंगहीन व्यापारीहरुको
रंगिन बिदेशीका तस्बिरहरु बेच्ने
प्रतिस्पर्धा तिव्ररुमा चलिरहेको छ ।
मदनलाई बेचेर सदनमा छिरेकाहरु
रोदन सुनाइरहेका छन् ।
यी दोषी कानहरुलाई

कहिलेकाही मलाई
फोहोरनै फोहोरसंग
बगिरहेको बागमती नदिको तस्बिरको आद आउछ ।
त्यसपछि मलाई
भन्ने मन लाग्छ थुक्क
ए संसदीय व्यवस्था त त फोहोरनै फोहोरको डुङ्गुर रहेछस् ।

लेखक रमेश रावत (विक्रान्त) अखिल (क्रान्तिकारी )का केन्द्रीय सदस्य एवं जुम्ला जिल्लाका “इन्चार्ज ” हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस