पाली कांग्रेस रोल्पा जिल्ला सभापतिमा किशोर आचार्य निर्वाचित भएका छन् ।
आचार्यले प्रतिस्पर्धी मानबहादुर खत्रीलाई ६२ मतान्तरले पराजित गरेका हुन । आचार्यले ५०२ र खत्रीले ४४० मत प्राप्त गरेका थिए । किशोर आचार्य निजी व्यवसायीहरुको संस्था उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हुन् ।
उपसभापितमा आचार्य प्यानलकै कविता उपाध्यायले ४७५ र हरिबहादुर पुनले ५०३ मत प्राप्त गरि निर्वाचित भएका छन् । उपसभापतिको प्रतिस्पधसर््ी अमृत घर्तीले ४३० र लेखमणि डाँगीले ४४२ मत प्राप्त गरेका छन् ।
त्यस्तै आचार्य प्यानलबाटै सचिवमा तिलबहादुर बुढाथोकी ५१३ र शेरबहादुर थापाले ४४५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनीहरुका प्रतिस्पर्धी दीपक श्रेष्ठ ४०८ र रेगबहादुर पुनले ३९७ मत प्राप्त गरेका थिए ।
सहसचिवमा आचार्य प्यानलबाटै गंजबहादुर क्षेत्री ५५३ र सुनिलकुमार वली ४७२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनीहहरुका प्रतिस्पर्धी लिलाधर आचार्य २६६ र हुकुम बुढाले ३८१ मत प्राप्त गरेका थिए ।
एक हजार ९३ मतदाता मध्य एक हजार ४२ मत खसेको थियो । अझैं कार्यसमिति सदस्य र महाधिवेशन प्रतिनिधिको मतगणना जारी छ ।