ताजा अपडेट

दाङमा अध्यनरत आषिश जो कहिलै सकेन्ड भएनन

सल्यानको बागचौर नगरपालिका वडा नं. १ का १७ बर्षीय आषिश बस्नेतको आइतबार बिहान दाङको तुलसीपुर तर्फ आउँदै गर्दा सवारी दूर्घटनामा परि मृत्यु भयो ।

राप्ती राजमार्ग अन्तरगत सल्यानको थारमारेबाट दाङको तुलसीपुरतर्फ आउँदे गरेको भे १ च १८९० नम्बरको डबल क्याप जीप कपुरकोट गाउँपालिका वडा नं. ३ मुलपानी नजिक बिहान पौने ८ बजेतिर दुर्घटनामा पर्दा बस्नेतका सहोदर भाइ १४ बर्षीय आयुशसहित ६ जना घाइते भए । आयुशको अवस्था सामन्ने रहेको प्रहरीले जनाएको छ । तर, गम्भीर घाइते आषिशको भने उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भयो ।

बस्नेतका दाजु भाइ दाङको तुलसीपुरमा कोठा भाडामा बसेर पढ्ने गर्दथे । आषिशले तुलसीपुरस्थित गोरखा माविमा कक्षा १० (ए) सेक्शनमा पढ्थे । उनका भाइ आयूश सोही बिद्यालयमा कक्षा ८ मा अध्यनरत छन् ।

बिद्यालयका संस्थापक प्रिन्सिपल बिजय जिएमका अनुसार विद्यालय स्थापना कालदेखि २०६८ सालदेखि नै आषिशले उक्त बिद्यालयमा पढ्दै आएका थिए । उनकी दिदी अम्बिकाले पनि सोही बिद्यालयबाट आइएसी गरेर हाल काठमाडौं पढ्न गएको हुँदा दाजु भाइ मात्रै तुलसीपुरमा बसेर पढ्दै आएका थिए । पढाईमा दाजु भाइ नै अब्बल थिए । उनीहरुका बुवा हिरालाल बस्नेत थारमारेमा पढाउँछन् ।

प्रिन्सिपल जिएमका अनुसार आषिश कहिलै सेकन्ड भएनन् । ‘आषिश हाम्रो बिद्यालयमा भर्ना भएदेखि कहिलै सेकन्ड भएको रेकर्ड थिएन,’ उनले भने ‘ यसपाली एसइईमा पनि आषिशको ठूलो भरोसा थियो । बिद्यालयको फष्ट ब्याए गुमाउँदा हामी निकै मर्माहत भएका छौं।’

आषिश जत्तिकै तिक्ष्ण बुद्धिको बिद्यार्थी जन्माउन र फेरि बिद्यालयले पाउन तत्काल संभव नरहेको उनले बताए । प्रिन्सिपल जिएमले आषिशलाई जीव बिज्ञान पढाउने गर्थे ।

‘मैले माया गरेर उस्लाई बस्नेतजी भन्ने गर्दथे,’ जिएमले भने ‘ त्यति प्यारो, बर्षौंदेखि आँफूले पढाएको, खेलाएको र त्यति ट्यालेन्ट बिद्यार्थी गुमाउनुको पीडा शब्दमा ब्यक्त गर्न संभव छैन।’

प्रिन्सिपल जिएमका अनुसार आषिश आफ्नो कक्षाको सबै भन्दा उत्कृष्ट बिद्यार्थी रहेको हुँदा कक्षामा मोनिटरको जिम्मेवारी पनि उनैलाई प्रदान गरिएको थियो ।

‘त्यसैले कक्षा कोठा अनुशासित र मर्यादित राख्न मात्रै हनै कहिले काँही शिक्षक नभएको समयमा अरु बिद्यार्थीलाई पढाउने समेत आषिशको क्षमता थियो,’ जिएमले भने । सोमबार बेलुकी मात्रै तुलसीपुरको सितलपुर घाटमा आषिशको अन्तिम संस्कार गरिएको छ ।

उनका बुवा हिरालाल घटना सुनेदेखि नै बेहोस छन् । त्यसैले उनी छोराको अन्तेष्टिमा जान नसकेको प्रिन्सिपल जिएमले बताए । गोरखा माविले सोमबार आषिशको मृत्युको शोकमा बिद्यालय बन्द गरेको प्रिन्सिपल जिएमले बताए ।

प्रिन्सिपल जिएमका अनुसार यो बीचमा आषिशका बाजेको मृत्यु भएको थियो । बिद्यालय कात्तिक ४ गतेदेखि नै सञ्चालन भएपनि बाजेको शुद्ध शान्ति सकेर मात्रै उनीहरु बिद्यालय फर्किदै थिए ।

बाजेको १३ औं दिनको शुद्ध शान्तिको कार्यक्रम अघिल्लो दिन सकेर दाजु भाइ बिद्यालय आउने क्रममा दूर्घटनामा परेको पारिवारीक बिद्यालय परिवारले जानकारी दिएको छ ।

बाजेको मृत्युको १५ दिनमै आषिशको पनि मृत्यु भएको पारिवारीक स्रोतले बताएको छ । बिद्यालयकै अर्का एक शिक्षकले भने ‘ नेभर सेकन्ड म्यान आषिश ६ जना घाइते मध्य सबैभन्दा पहिले मृत्यु वरण गरे र मृत्युमा पनि उनी फष्ट नै भए । तर, त्यसले हामीलाई असैह्य पीडा दिएको छ।’

प्रतिक्रिया दिनुहोस