ताजा अपडेट

पर्यटकीय नगरी रोल्पाको होलेरीमा थपियो नयाँ ब्यबसाय ,होलेरी स्केट पार्क सञ्चालन(भिडियो सहित)

होलेरी- पर्यटकीय नगरी रोल्पाको होलेरीमा थपियो नयाँ ब्यबसाय थपिएको छ ।रुन्टीगढी ६ होलेरीमा गत मंसिर ३ गते देखि होलेरी स्केट पार्क एण्ड बि.बि.क्यु. व्यावसायिक रुपमै सञ्चालनमा आएको हो ।

सुनिलस्मृती रोल्पाका युवा ब्यबासायी मधु के.सी.को टीमले दक्षिण रोल्पालाई पर्यटन व्यावसायिक आधार बनाएर होलेरी स्केट पार्क सञ्चालनमा ल्याएका हुन्।

पछिल्लो समय ब्यबसायमा प्रभाव जमाउँदै गएको स्केट खेलले मनोरञ्जन प्रदान गर्नुका शाथै शारीरिक कसरत समेत हुने होलेरी स्केट पार्कका सञ्चालक मधु केसीले होलेरी खबरसंग बताए ।करिब ८ बर्ष वैदेशिक रोजगारीका लागि थाइल्यान्ड बसेर फर्किएका के.सी.ले दाङ,प्युठान र होलेरीमा स्केट पार्क सञ्चालन गरेको बताए ।`लामो समय वैदेशिक रोजगारीमा बसियो ।त्यसपछि स्वदेशमै केहि गरौँ भन्ने उद्देश्यले ब्यबसायीहरु मिलेर स्केट ब्यबसाय शुरूवात गरेका छौँ ।होलेरी रोल्पाको प्रवेशद्वार रहेको र यहाँ विभिन्न पर्यटकीय स्थलहरु रहेकाले यहाँ स्केट ब्यबसायको संभावन राम्रै देखेको छु´-केसीले भने ।

सञ्चालक केसीका अनुसार १ घण्टा स्केट खेलेको प्रति ब्यक्ति २ सय रुपैयाँ लाग्ने गर्छ ।स्केट खेलले विश्वभर राम्रो प्रभाव जमाउँदै गएको बताए ।मनोरञ्जन संगै स्केट खेल स्वास्थ्यका लागि पनि फाइदा जनक रहेको उनले बताए ।शुरु-शुरुमा सिकारुहरुका लागि हेल्मेट लगायत शुरक्षा कवचहरुको उपलब्धता रहेकाले चोटपटकको चोखिम नरहेको सञ्चालक केसीले जानकारी दिए ।भविष्यमा स्केट खेलको विभिन्न प्रतियोगिता समेत रहने उनको विश्वास छ ।

होलेरीको जुर्नेटादेखि प्राथमिक स्वास्थ्य केन्द्र जाने सडकमार्फत होलेरी स्केट पार्क पुग्न सकिन्छ ।हाल दैनिक ५० जना बढी संख्यामा स्केट खेल्ने गरेको होलेरी स्केट पार्कले जनाएको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस