ताजा अपडेट

समय अगावै गुणस्तरीय काम भएपनि सरकारले भुक्तानी नदिँदा होलेरी-ग्वारखोला सडक कालोपत्रे अल्पत्र

होलेरी- रोल्पाको होलेरी देखि दाङको ग्वारखोला सडक खण्ड अन्तर्गत कालोपत्रेको काम अल्पत्र बनेको छ।

होलेरी देखि ५ किलोमिटर सडक कालोपत्रे गर्ने कामको जिम्मा लिएको पि.के.निर्माण सेवा प्रा.लि. दाङले स्तरोन्नति र ग्रावेल र वाल उठाउने काम गत बर्षनै सम्पन्न गरिसकेको छ।र ८५% भौतिक प्रगती गरि सकेको जनाएको छ।

संघीय सरकारको २६ करोड,सतासी लाख,५८ हजार लागतमा कालोपत्रे निर्माण सम्पन्न हुने यस आयोजनामा निर्माण कम्पनीले तदारुकताका शाथ काम गरेपनि सरकारले काम गरेको ९ महिना देखि करौडौ रकम भुक्तानि नपाएपछि निर्माण कम्पनिले हात उठाउनु पर्ने अवस्था आएको पि.के. निर्माण सेवा दाङले जनाएको छ।

पिके निर्माण कम्पनी यस अघि देशभरका विभिन्न ठाँउहरु आफूले जिम्मा लिएको कामको गुणस्तर सहित समयमै काम सम्पन्न गरेर थुप्रै पटक रेकर्ड राखेको निर्माण कम्पनी हो।

गत बर्षको असार महिना देखि होलेरी-ग्वारखोला सडक खण्डमा कामको जिम्मा लिएपछि पिके निर्माण कम्पनीले आफ्ना श्रोत र साधबनको भरपुर प्रयोग गरेर हाल सडक मापदण्ड अनुरुपको चौडाह,नाला कटान,वाल उठाउने र ग्रावेले लगाएतका काम गरिसकेको जनाएको छ।

दक्षिण रोल्पा प्रवेश गर्ने दोश्रो नाकाको रुपमा संभावना बोकेको यस सडक खण्ड कालोपत्रे हुने भएपछि रुन्टिगढी गाउँपालिका वडा नं ७ र ८ का स्थानीय नागरिकहरु हर्षित बनेका थिए।२०८१ शस्ल भदै मसान्तसम्म निर्माण सम्पन्न गर्नु पर्ने काममा सरकारले आवश्यक र निर्धारित बजेट भुक्तान गर्न नसक्दा हाल सडक कालोपत्रे अल्पत्र परेको छ।

आफूहरुले कालोपत्रेको सबै सामाग्रीहरू तयार गरि सकेको भएपनि सरकारले भुक्तानी नदिँदा बाँकि काम अगाडि बढाउँन नसक्ने अवस्था रहेको पि.के.निर्माण सेवा प्रा.लि.दाङका प्रबन्ध निर्देशक प्रकाश रसाइलीले बताए।

`हामिले सडक कालोपत्रेका लागि कामको जिम्मा लिए लगत्तै काम शुरूवात गरेका हौँ।कामको गति पनि राम्रै थियो।गुणस्तरलाई समेत ध्यानमा राखेर सम्पुर्ण मापदण्डका शाथ काम अगाडि बढायौँ।सरकारले सम्झौता अनुरुपको २६ करोड बजेट भुक्तानी गरिसक्नु पर्दथ्यो।तर अहिलेसम्म १२ करोड मात्रै भुक्तानी पायका छौँ।यसरी बाँकि काम अगाडि बढाउँन सकिने अवस्था रहेन-निर्देशक रसाइलीले भने।

दाङ रोल्पाको लागि सबैभन्दा उत्तम बिकल्पका रुपमा होलेरी-ग्वारखोला सडक खण्ड कालोपत्रेको काम अल्पत्र परेपछि रोल्पाका स्थानियहरुमा निराशा बढ्न थालेको छ।

प्रतिक्रिया दिनुहोस