ताजा अपडेट

सकेट बम जस्तो देखिने २ संकास्पद बस्तु रोल्पाको भगवती मा.वि. परिसरमा फेला

होलेरी- रोल्पाको त्रिवेणी गाउँपालिका २ भगवती मा.वि. दहबनको परिसरमा सोमबार २ बस्तु फेला परेका छन् ।

विद्यालय भवन निर्माण गरिरहेको स्थानमा सोमबार २ वटा सकेट बम जस्ता देखिने संकास्पद बस्तु विद्यालयका प्रधानाध्यापक हिमेबहादुर खड्काले देखेपछि स्थानीय प्रहरी प्रशासनलाई जानकारी गराएका थिए । लगत्तै पुगेको ईलाका प्रहरी कार्यालय होलेरी र शसत्र प्रहरी बलले उक्त स्थल सिलबन्दी गरेर शुरक्षित गरेको छ ।

सकेट बम जस्तो देखिने ती संकास्पदवस्तु बर्षौँ पहिले गाडिएको हुनुपर्ने र अहिले विद्यालय भवन निर्माण गर्दा जेसेबी डोजरले घडेरी उत्खनन् गर्दा जमिनको सतहमा देखा परेको प्रहरीले जनाएको छ । ती बस्तु खिया लागेका अवस्थामा रहेका छन् । जानकारी लगत्तै घटनास्थल शुरक्षित गरिएको र सदरमुकाम लिवाङबाट नेपाली सेनाको टोली आए लगत्तै निष्क्रिय गरिने प्रहरी चौकी नुवागाउँका प्रमुख प्रहरी सहायक निरीक्षक बसन्त बहादुर डाँगीले जानकारी दिएका छन् ।

रोल्पाको दहबन लामो समयसम्म माओवादी जनमुक्ति सेनाको ब्यारेक र पछि नेपाली सेना बसेको क्षेत्र रहेको छ ।


प्रतिक्रिया दिनुहोस