ताजा अपडेट

स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनमा पनि रुन्टीगढी १० औं स्थानमा खुम्चियो

होलेरी- राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मुल्यांकनमा रोल्पाका  १० स्थानीय तहहरु मध्ये सबैभन्दा पछाडि १० औं नम्बरमा रहेको रुन्टीगढी गाउँपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकन(FRA)को आर्थिक वर्ष २०८०/८१ को नतिजामा पनि रुन्टीगढी १० स्थानमा खुम्चिन पुगेको छ ।

गत असार १० गते निर्धारित समयमा निति तथा कार्यक्रम पारित गर्न नसकेको स्थानीय तह रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुन पछिल्लो समय विकास र परिबर्तनका कार्यमा भन्दा बढी पार्टी प्रवेश गराउने तथा आफ्नो तारिफ आफै गरेर अहंकार प्रदर्शन गर्नमा ब्यस्त देखिन्छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र होलेरीको एम्बुलेन्स गत असोज देखि दाङको एक ग्यारेजमा अल्पत्र छोडिएको छ ।पालिका भित्र विभिन्न ठाउँमा खानेपानी अभाव,निर्माणाधीन विद्यालय भवन अल्पत्र रहेका छन् भने कतिपय विद्यालय भवन अभावमा काठले बारेर पठनपाठन सञ्चालन भइ रहेको छ ।विभिन्न महत्व बोकेका राष्ट्रिय तथ्यांकहरुमा संभावना नै संभावना बोकेको पालिका पछाडि परि रहँदा आत्मालोचना गर्नुको सट्टा पालिका अध्यक्ष पुनले आफूहरूको गतिविधि विरुद्ध असहमति जनाउने वा विरोध गर्नेहरूलाई अवाञ्छित शव्दावली प्रयोग गरेर आफू उम्कन खोज्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस