ताजा अपडेट

रोल्पाका स्थानीय सरकार,लुम्बिनी प्रदेश सरकार र संघिय सरलाई गिज्याइ रहेको सहिदमार्ग(भिडियो सहित )

होलेरी- रोल्पा जिल्लाको प्रवेशद्वार २९ किलोमीटर घोराही-होलेरी सहिद मार्ग खण्ड हिउँद लागेसंगै धुलोको कारखाना र नागरिकहरुको यात्रामा शास्ति,पिडा,यातना र त्रासको कारण बनिरहेको छ ।

बर्षा याममा ठुल्ठुला खाडल,हिलो पोखरी जस्तै बन्ने यस सडक खण्ड हिउँ लागेपछि चैत- बैशाखसम्म धुलोको कारखानामा परिणत हुन थाल्दछ ।आर्थिक बर्ष २०७४/०७५ मा नेपाल सरकारको ४६ करोड लागतमा कालोपत्रे गरिएको यस सडक खण्ड २ महिना भित्रै उप्किन शुरु गर्यो ।कामको जिम्मा लिएको निर्माण ब्यबसायीको लापरबाही र चुन ढुंगा बोकेर गुड्ने सिमेन्ट कारखानाका टिप्परहरुका कारण उजाडबिजाड बनेको छ ।

सहिदहरुका नामबाट नामाकारण गरिएको घोराही होलेरी सहिद मार्ग रोल्पाको जिल्लाको लाइफलाइन समेत हो।दाङको घोराही हुँदै रोल्पाको होलेरी,घर्तीगाउँ,थबाङ हुदै रुकुम पुर्व समेत जोड्ने सडक खण्ड हो ।यसै सडक खण्ड अन्तर्गत होलेरीबाट प्युठानको प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी,सल्यान र दार्बोट हुँदै रोल्पा सदरमुकामसम्म सडक संजालहरु जोडिएका छन् ।तर सम्बन्धित निकायहरूका लापरबाहीले पछिल्लो समय घोराही-होलेरी २९ किलोमीटर सहिदमार्ग रोल्पाका नागरिकहरुलाई यात्रामा यातनाको साधन जस्तो बन्दै गइरहेको छ ।

रोल्पाबाटै नेकपा (माओवादी)का उपमहासचिव वर्षमान पुन पटकपटक प्रतिनिधि सभा सदस्य र बिभिन्न मन्त्री बन्न सफल भए,यसपटक रोल्पाबाटै नेकपा (एमाले)का केन्द्रिय सदस्य ईश्वरी घर्ती प्रतिनिधि सभा सदस्यका रुपमा छन् ।यसपटक रोल्पाबाटै प्रदेश (क)का प्रदेश सदस्य लुम्बिनी प्रदेश मुख्यमन्त्री बने,प्रदेश (ख) बाट दिपेन्द्र कार पुन (सिजल)प्रदेश मन्त्री बन्न सफल भए ।रोल्पाबाटै नेकपा एमाले नेतृ यमुना तामाङ प्रदेश सभा सदस्यका रुपमा लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गरिरहिकि छन् ।उनीहरुसहित रोल्पा जिल्लामा १० स्थानीय तहहरु रहेका छन् ।रोल्पा नेता जन्माउने कारखानाका रुपमा परिचित रहे पनि सहिदमार्गको नियति र हविगतले भने रोल्पाका स्थानीय सरकार देखि लुम्बिनी प्रदेश सरकार र सिंगो संघिय सरकारलाई गिज्याइ रहेको छ।

भिडियो

प्रतिक्रिया दिनुहोस