ताजा अपडेट

रुन्टीगढी ४ मा उप-निर्वाचनको मतदानको सबै तयारी सम्पन्न,स्वच्छ तथा शान्तिपुर्ण मतदान हुने

होलेरी- मंसिर १६ गते भोलि हुने रोल्पाको रुन्टीगढी ४ को उप-निर्वाचनका लागि मतदानस्थलको सबै तयारी पूरा भएको मतदान अधिकृत चन्द्र पन्थीले जानकारी दिएका छन् ।

मतदान अधिकृत पन्थीका अनुसार मतदानस्थल ब्यबस्थापन,मतगणना स्थल ब्यबस्थापनको सबै कार्य पूरा गरिएको छ ।अपाङ्ग,असक्त,जेष्ठ नागरिक मैत्री ढंगबाट मतदान गर्ने वातावरणको समेत निर्माण गरिएको छ ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी,शुरक्षा प्रमुखहरु,रोल्पा जिल्लाभरिका शुरक्षा संयन्त्र मतदान स्थलको शुरक्षाका लागि खटिएका छन् ।जसका कारण निर्वाचन स्वच्छ तथा शान्तिपुर्ण वातावरणमा सम्पन्न गरिने उनले बताए ।मतदान सम्पन्न भएको १ घण्टा पश्चात भोलि नै मतगणना हुने भएको छ ।मतगणना स्थलको पनि ब्यवस्थापन गरिएको छ ।मतगणनाका लागि सिसी क्यामेरा समेत जडान गरिएको निर्वाचनका लागि खटिएका कर्मचारी झक्कु आचार्यले होलेरी खबरलाई जानकारी दिए ।

कडा शुरक्षा ब्यबस्था बिच स्वच्छ र शान्तिपुर्ण ढंगबाट मदतान सम्पन्न गर्न नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी लगायत जिल्ला भरीका शुरक्षाकर्मीहरु रुन्टीगढी ४ केन्द्रित भएका छन् ।मतदान अवधिभर रुन्टीगढी ४ भएर स्वर्गद्वारी जाने सवारीहरुका लागि रुन्टीगढी ४ को भुभागमा रोक्न नमिल्ने  गरि सञ्चालन गरिने जानकारी प्राप्त भएको छ ।
सुर्योदय मावि मसिनामा मतदान हुनेछ ।यसका शाथै मतगणना पनि सुर्योदय मावि मै हुने छ ।

प्रतिक्रिया दिनुहोस