ताजा अपडेट

रुन्टिगढी अध्यक्ष पुनको द्वेत चरीत्र:इट्टाभट्टा मज्दुर उद्वार गर्न नसकेपछि आफ्नै बोली अस्विकार(भिडियो सहित)

होलेरी- निर्वाचित भएको डेढ बर्षसम्म इट्टाभट्टा जाने मज्दुर उद्वार गरेर स्थानिय स्तरमै रोजगारीको वातावरण सृजना गर्न नसकेपछि रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुनले बिगतमा मज्दुर उद्वार गर्छौँ भनेर बोलेका आफ्नै बोली अस्विकार गर्न थालेका छन्।

केहि बर्ष अघि काठमाडौं गएको बेला इट्टाभट्टा पुगेर मज्दुरहरु शीत शेल्फी,तस्वीर र भिडियो बनाएर इट्टाभट्टा जाने मज्दुरहरुलाई पीडा र यातना भैरहेकाले मज्दुर उद्वार गर्छौँ भनेर सामाजिक सञ्जाल फेशबूक मार्फत जानकारी गराएका थिए।

हालका पालिका अध्यक्ष पुनको त्यो बेलाको फेशबूकमा आश्वासन

त्यस लगत्तै रुन्टिगढीका एक स्थानीय सञ्चारकर्मी संगको संवादमा आफूहरू निर्वाचित भएपछि पहिलो बर्षमा कम्तिमा १ हजार जना जति मज्दुरलाई स्थानिय स्तरमै रोजगारी सृजना गरेर उद्वार गर्ने र क्रमशः प्रत्येक बर्ष उद्वार गर्न सकिने ठोकुवा गरेका थिए।

उनले आफू नेपाली काङ्ग्रेसबाट पालिका अध्यक्षमा निर्वाचित भएपछि भट्टाका मज्दुरहरुलाई फर्केर हेर्न समेत गएनन्।यसै बिषयमा होलेरी खबरले त्यो बेला हालका पालिका अध्यक्ष पुनले बोलेको मज्दुर उद्वार सम्बन्धि समाचार प्रकाशन गरेपछि अर्को एक सञ्चार माध्यममा अन्तर्वार्ता दिदै अध्य पुनले आफूले बोल्दै नबोलेको कुरा अतिरन्जित गरेको आरोप लगाए।तर अध्यक्ष पुनले स्पष्ट रुपले त्यो बेला बोलेको प्रमाण सहित समाचार प्रकाशन गरेको थियो।आफूले बोले अनुसार मज्दुर उद्वार गर्नु त कहाँ छ कहाँ अध्यक्ष पुनले आफैले बोलेको कुरा नबोलेको भन्दै अस्विकार गरेका छन्।यसले उनको चरीत्र स्थिर छ कि अस्थिर भन्ने कुराको पुष्टि गरिरहेको छ।उनि आफ्नै बोलिमा र इमानमा अडिक छैनन् भन्ने समेत आशंका जन्माई रहेको छ।आफैले दिएका जिम्मेवार र महत्वपूर्ण आश्वासनहरु पूरा गर्नु साटो गरिबी र पिडामाथि कोक्रो राजनैतिक खेलमा सिमित राखेपछि रुन्टिगढीका मज्दुरहरु माथि चिन्ता बढाउँने कार्य हुन थालेको छ।

आफ्नै बोली अस्विकार गरेको भिडियो

प्रतिक्रिया दिनुहोस