ताजा अपडेट

इट्टा भट्टा मज्दुरलाई हालका अध्यक्ष पुनको त्यो आश्वासन,मज्दुर माथि घिन लाग्दो राजनीतिमै सिमित(भिडियो सहित)

होलेरी- काठमाडौं लगाएत देशका विभिन्न इट्टा भट्टामा रोजगारीका लागि जाने मज्दुरहरुलाई उद्वार गरेर स्थानिय स्तरमै रोजगारी सृजना गर्छौँ भन्ने सार्वजनिक अभिव्यक्ति दिएका रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुनले कुनै परिबर्तन गर्न सकेका छैनन्।

हालका पालिका अध्यक्ष पुन नेपाली काङ्ग्रेस रुन्टिगढी गाउँपालिका संयोजकका भुमिका रहदा २०७८ शाल तिर काठमाडौं गएर त्यहाँका मज्दुरहरुको पीडा र वेदनालाई चित्रण गरेर सहानुभूति प्रकट गरेका थिए।त्यसपछि उनिहरुको फोटो सहित अध्यक्ष पुनले उनीहरुलाई स्थानियस्तरमै रोजगारीको वाताबरण सृजना गर्ने इट्टा भट्टाका मजदुरहरुलाई त्यहाँको धुलो धुवा प्रदुषणको वातावरण र दर्दनाक पिडाको भुमरीबाट बाहिर निकाल्ने प्रयास गर्नेछौँ भनेर आफ्नो सामाजिक सञ्जाल फेशबूकमा लेखेका थिए।

हालका पालिका अध्यक्ष पुनले त्यो बेला सामाजिक सञ्जाजामा बाडेको आश्वासन

त्यसपछि इट्टा भट्टा बाट फर्किए लगत्तै रोल्पाका स्थानीय सञ्चारकर्मीसंगको संवादका क्रममा उनले इट्टा भट्टामा रुन्टिगढीका मज्दुरहरुको कम श्रममा अत्याधिक शारीरिक यातना भोगी रहेकाले नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवारले स्थानिय तहमा निर्वाचन जितेपछि इट्टाभट्टाका मज्दुरहरुलाई स्थानिय स्तरमै रोजगारी सृजना गर्ने कुरामा दुई मत नभएको ठोकुवा गरे।युवा नेता पुन त्यो बेला इट्टा कुनै ब्यक्तिगत कामले गएका थिए कि राजनैतिक उद्देश्यले हो।तर उनले मज्दुरका पीडा नै बुझ्ने गरि गएका होलान् भन्ने जसरी सस्तो लोप्रियताका लागि इट्टाभट्टाका मज्दुर समक्ष पुगेर आफ्नो तस्वीर खिच्न र उनीहरुको भिडियो खिच्न भ्याए।त्यसपछि सामाजिक सञ्जाल फेशबूकमा पोस्ट्याए।त्यसपछि उनको कदमप्रति रुन्टिगढीका सर्वसाधारणहरुले सहानुभूति प्रकट गरे उनिसंग मज्दुर उद्वार अपेक्षा पनि गर्न थालियो।

उनैले नेपाली काङ्ग्रेसबाट २०७९ को स्थानिय तहको निर्वाचनमा टिकट प्राप्त गरेर निर्वाचित पनि भए।तर निर्वाचित भए यता एकपटक पनि इट्टाभट्टा फर्केर आफ्ना मज्दुरहरु भेटेनन्।यदि उनको ठाउँमा कोहि सर्वसाधारणले मज्दुरहरुसंग तस्वीर खिचेर यस्तो खाकको आश्वासन दिएको हुन्थ्यो भने खासै गम्भीर रुपले समाजले चासो दिदैन होला सायद।तर उनी राजनैतिककर्मी भएकाले समाजको भविष्य राजनीतिसंग जोडिएको हुन्छ।यसै कारण यस बिषयलाई महत्वाकांक्षाका शाथ ग्रहण गरिएको थियो।

तर त्यतिबेला उनी सत्तामा नभएकाले राजनीति मौलाउन र तत्कालीन स्थानिय सरकारलाई फितलो बनाउन चुनौती स्थापना गरिदिन उनले यस्तो हर्कत गरेको कतिपय बिश्लेशकहरु बताउँछन्।कार्यान्वयन गर्न सक्ने ठाउँमा पुगेपछि संवेदनशिल बिषयमा आफ्नै मुखले बोलेको गम्भीर आश्वासन उनले बिर्सिए।सस्तो लोकप्रियताका लागि दर्दानाक रुपले धुलो धुवाको प्रदुषणमस शारीरिक र मानसिक पीडा भोगिरहेका मज्दुरहरुमाथी हालका पालिका अध्यक्ष पुनले घिन लाग्दो राजनीति गरेको कतिपयको भनाई रहेको छ।

मज्दुरहरुका दु:ख मात्रै होईन उनीहरुका नाबालक सन्तानहरु पनि आमा बाबू संगै इट्टाभट्टा जाने बाध्यता रहने नियति बनिरहेकाले थुप्रै बालबालिकाहरु शिक्षा दिक्षाबाट बन्चित बनिरहेका छन्।र उनिहरुको भविष्य पनि चेत पाउने अवस्थाबाटै मज्दुर नै निर्धारण हुन थालेको इट्टाभट्टाका मज्दुरहरुका अवस्था बुझेका जानकारहरु बताउँछन्।बिश्वमा आएको पहिलो चरणको कोराना भाइरसका कारण सृजित लक डाउनमा इट्टाभट्टाबाट फर्कने मज्दुरहरुसंग नाबालकहरु पनि घरायसी सामाग्रीहरु बोकेर फर्किएका दर्दानक दृश्य देखिने गर्दथ्यो।

पहिलो चरणको लकडाउनमाअभिभावकसंग इट्टा भट्टाबाट घर फर्कदा ग्यास चुलो बोकेर हिड्दै गरेकी एक नाबालिका।तस्वीर होलेरी खबर

जानकारहरुका अनुसार रुन्टिगढीबाट मात्रै करिब ३ हजार जना स्थानियहरु इट्टाभट्टामा मज्दुरीका लागि काठमाडौं भक्तपुर लगाएत देशभरका इट्टा भट्टा जाने गर्दछ्न्।भौगोलिक बिकट्ता आर्थिक अभावका कारण यहाँका स्थानियहरु सिजन भर इट्टाभट्टा जाने गर्दछ्न्।कतिपय स्थानियहरु आफ्नो स-परिवार इट्टाभट्टा जाने गर्दछ्न्।बढ्दो महँगी र स्थानिय स्तरमै रोजगारीको बाताबरण सृजना नहुँदा उनिहरु इट्टाभट्टा मज्दुरी गर्न जानू पर्ने बाध्यता रहेको छ।

के हालका पालिका अध्यक्ष पुनेले सजिलै बोले जसरी इट्टाभट्टा मज्दुरहरुलाई स्थानीय स्तरमै रोजगारीको वातावरण सृजना गर्न सजिलो छ?

नेपालमा गरीबीको दर २०.२७ प्रतिशत रहेको
राष्ट्रिय तथ्यांक कार्यालयले नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० को तथ्यांक सार्वजनिक गर्दै गरीबी दर घटेको बताएको छ। तेस्रो जीवनस्तर सर्वेक्षण २०६६/६७ ले गरीबी दर २५.२ प्रतिशत रहेको देखाएको थियो।तर औसतमा निकालिएको यो कुल दरको संख्या दुर्गममा पक्कै बढिनै हुन्छ।इट्टाभट्टा रोजगारीका लागि जाने मज्दुरहरुलाई स्थानियस्तरमै रोजगारी कसरी संभव छ भनेर तत्कालीन समयमा प्रश्न गर्दा हालका अध्यक्ष पुनले बडो सजिलो गरि जवाफ दिएका थिए।उनले एकैपटक संभव नभएपनि बातावरण मिलाएर बर्षमा २ सय ५ सय र हजार जनाका दरले क्रमशै उद्वार गर्न सकिने जवाफ दिएका थिए।तर उनी निर्वाचित बनेको २ बर्ष पुग्नै लाग्दा १ जना पनि सम्बन्धित मज्दुर उद्वार गर्न सकेका छैनन्।मज्दुर उद्वार गर्ने बिषय त परको कुरो भयो फर्केर पनि हेर्ने गरेका छैनन्।

इट्टाभट्टा जाने मज्दुरहरु उद्वार गर्न सक्नु सामान्य चुनौती होईन।तर स्थानिय सरकारसंग इच्छाशक्ति र योजना भयो भने असंभव बिषय पनि होईन।तर पछिल्लो समय अध्यक्ष पुन कार्यकर्ता भर्ना गरेको,बिज्ञापन सार्वजनिक नगरेर कर्मचारी नियुक्ति र कर्मचारी नियुक्तिमा नतिजा लुकाउने जस्ता कार्यमा विवादित बनिरहेका छन्।

भिडियो

प्रतिक्रिया दिनुहोस