ताजा अपडेट

ओझेलमा रोल्पाको प्रसिद्ध ऐतिहासिक,धार्मिक एवं पर्यटकिय स्थल गढी लेक,संरचनाहरु जिर्ण बन्दै(भिडियो सहित)

होलेरी- रोल्पा जिल्लाकै प्रसिद्ध एक ऐतिहासिक,धार्मिक एवं पर्यटकिय स्तल गढी लेक पछिल्लो समय ओझेलमा पर्दै गएको छ।

समुन्द्री सतह देखि दुई हजार एक सय ५० मिटरको उचाईमा अवस्थित गढी लेक तत्कालीन समयमा बाइसे चौबीसे राजहरुले गढ किल्ला निर्माण गरेर राज गरेका कारण उक्त स्थलको नाम गढिलेक रहेको होलेरी स्थानिय अगुवाहरु बताउँछन्।त्यसपछि सोही ऐतिहासिक स्थलमा रोल्पाको रुन्टि गाउँमा जन्मनु भएका स्वर्गद्वारी महाप्रभुले तपस्या गर्नु भएको विभिन्न पुस्तकमा उल्लेख छ।बाइसे चौबिसे राजाहरुले निर्माण गरेका संरचनाहरुको निशानी अहिले पनि भग्नावशेष रुपमा यहाँ रहेका छन्।जिर्ण संरचनाहरुमा तत्कालीन दरबारका निशाना,बंकरहरु लगाएतका अवशेष रहेका छन्।

भग्नावशेष गढकिल्लाहरु

दक्षिण रोल्पाको ऐतिहासिक स्थल एवं प्रमुख ब्यापारिक केन्द्र होलेरी बजारको सिरानमा देखि साढे दुई किलोमीटर उत्तर पुर्वमा रुन्टिगढी गाउँपालिकाको वडा नम्बर ९ मा अवस्थित गढिलेकमा तत्कालीन समयमा स्वर्गद्वारी महाप्रभुले तपस्या गरेका कारण धार्मिक महत्वका शाथ बिगतमा शिव मन्दिर,गणेश मन्दिर,महाप्रभुको मन्दिर,प्रतिक्षालय,भिउँ टावर,होलेरी देखि गढी लेकसम्म पक्की सिडि लगाएतका संरचनाहरु निर्माण गरिएका थिए।

प्राकृतिक रुपले गढिलेक अत्यन्त सुन्दर र मनोरम् छ।तर पछिल्लो समय सबैभन्दा नजिकको स्थानिय सरकार रुन्टिगढी गाउँपालिकाले संरक्षणमा चासो नदिँदा पक्की सिडि भत्किन थालेको छ भने मन्दिर,भिउँ टावर,प्रतीक्षालय लगाएतका संरचनाहरु पनि दिनानुदिन जिर्ण बन्दै गइरहेका छन्।

भत्किदै पक्की सिडि

शुरु-शुरुमा राम्रै पर्यटकरु पुग्ने पर्यटकिय गन्तव्य गढिलेकमा पछिल्लो समय भने पर्यटको उपस्थिती शून्य रहेको छ।त्यहाँसम्म पुग्ने मोटरबाटोको ट्र्याक खोलिए देखि मर्मतमा स्थानीय सरकारले डोजर समेत हिडाएको छैन।

जिर्ण मोटरबाटो

मोटरबाटोको नमुना मात्रै बाँकि रहेपछि पर्यटकहरू आउँन छोडेको स्थानिय बिकास प्रेमी यूवा राज बाबूले दुखेसो ब्यक्त गरे।

वरिपरि अग्ला-अग्ला छितिजहरुका शाथै,विभिन्न हिम शृङ्खलाहरु सहित चारैतिर प्राकृतिक हरियाली नियाल्न सकिने गढिलेक ओझेलमा पर्दै जानू दु:खद रहेको उनले चिन्ता ब्यक्त गरे।पर्यटन ब्यबसायबाटै रुन्टिगढी समृद्धिको आधार तय गर्न सकिने भएपनी स्थानिय सरकारले भने पर्यटन प्रबर्द्धनमा चासो देखाएको छैन।पर्यटनको प्रचुर संभावना बोकेको गढिलेक सुनसान बन्दै गएको छ।दक्षिण रोल्पाको रुन्टिगढी गाउँपालिकाको नामाकरण स्वर्गद्वारी महाप्रभुको जन्मस्थल रुन्टी र तपोभुमी गढिलेकको नामबाट नामाकरण गरिएको थियो।गढिलेक संरक्षण र पर्यटकको पर्खाईमा रहेको छ।

भिडियो

प्रतिक्रिया दिनुहोस