ताजा अपडेट

लुम्बिनी प्रदेशकै पहिलो प्याराग्लाइडिङ राप्ती गाउँपालिका दाङमा निरन्तर उडान चल्यो

देउखुरी- लुम्बिनी प्रदेशकै पहिलाे उडान क्षेत्र दाङकाे राप्ती गाउँपालिकाको देवीकाेटबाट निरन्तर प्याराग्लाइडिङ माघि विशेष ३ दिनकाे विशेष उडान गरिएको छ ।यहीँ अवसरमा लुम्बिनी प्रदेशकै गाैरवपूर्ण रहेकाे प्याराग्लाइडिङ साहासिक खेल माघ ४ गते बाट माघ ६ गते सम्म बुकिङ खुल्ला गरिएको थियाे ।

आजसम्म व्यवसायीक उडानकाे पहिलाे सुरुवातमै
रिडी राप्तीको व्यवस्थापन र बाबू एडभेञ्चर्सको उडानको संयुक्त पहलमा माघी पर्व २०८० लाई लक्षित गरि माघ ४,५ र ६ गते सम्मको लागि प्रायोजन गरिए अनुसार माघ ४ गते व्यवसायीक उडान शुरु भई १२ बजे ६८ वर्षिय रिडी राप्तीका शेयरधनि खुशलराम पुनबाट शुरु भई संचालक वेद बहादुर थापा,संचालक झकेन्द्र घर्ति मगर,संचालक प्रमोद बुढा,हिरे रोका,गोर्खा स्कुल लमहीका प्रधानाध्यापक लोकमान रिजाल,कपिल न्यौपाने,धनिराम गुरुङ,पुर्ण बहादुर पुन,

शेयरधनी लिला बहादुर पाटा मगर,शेयरधनी दिल बहादुर घर्ति,शेयरधनी चन्द्र बहादुर घर्ति मगर,देवीराम चर्ती मगर(charti),रिडि ग्रुपका शेयरधनी युवराज थापा मगर र संचालक हरि बहादुर घर्ति मगर सहित १५ जनाले र दोस्रो दिन ०५ गते कुल बहादुर बुढा मगर,भिम बहादुर रोका मगर,संचालक मनिराज पुन,राहुल रोका,यज्ञ विश्वकर्मा,टंक बहादुर थापा मगर,शेयरधनी पूर्ण थापा,गोर्खा स्कुल घोराहीका प्रधानाध्यापक तथा शेयरधनि मान सिं घर्ति मगर,संचालक सम्झना घर्ति,रिडी ग्रुपका शेयरधनी राम रेखी घर्ति,जेविका रोका मगर,घना कुमारी पुन,थमी पुन सहित १३ जना गरी हाल सम्म ५ जना महिला र २३ जना पुरुष गरि २८ जनाले साहसिक खेलमा उडान गर्नु भई देउखुरी उपत्यकाको मनमोहक दृश्य अवलोकन गरी प्राकृतिक दृश्यावलोकन गरि सक्नु भएको छ भने आज शनिबार अन्तिम दिन रहेकाे संचालक समिति ले जानकारी गराएकाे छ।

बाकी अरु थप खेल खेल्न थप भए निरन्तर उडानन गर्ने समेत संचालक बाट जानकारी गराएकाे छ ।

प्रतिक्रिया दिनुहोस