ताजा अपडेट

घोराही-होलेरी शहिदमार्ग:बर्षमान निरिह सावित,प्रधानमन्त्री प्रचण्डले पनि सम्बोधन गरेनन्

रोल्पा- दाङ सदरमुकाम घोराही देखि रोल्पाको होलेरी-थबाङ हुँदै पुर्वि रुकुमसम्म जोडिएको शहिद मार्गको २९ किलोमिटर घोराही-होलेरी खण्ड सबैभन्दा जिर्ण र जोखिमपुर्ण रहेको छ।

२०७५ शालमा संघिय सरकारको ४६ करोड लागतमा कालोपत्रे गरिएको २९ किलोमिटर यस सडकखण्ड उजाडबिजाड बनिसकेको छ।

रोल्पाको लाइफलाइन समेत रहेको घोराही-होलेरी शहिदमार्गको सिधा सम्बन्ध नेकपा माओवादीसंग रहेको छ।
तत्कालीन दश बर्षे जनयुद्ध ताका बिद्रोही पक्ष माओवादीले जनश्रमदानमार्फत शहिदमार्ग निर्माणको थालनी गरिएको थियो।२०६२/०६३ को शान्ति सान्ति सम्झौतापछि तत्कालीन नेकपा माओवादीको प्रस्तावमा यस सडक खण्डको नामाकरण शहिद मार्ग राख्न राज्यलेनै मान्यता दियो।

मुलुकमा आजसम्मको इतिहासको गहिराईमा पुग्ने हो भने समाज र राष्ट्रका लागि आफ्ना ज्यान बलिदान दिएका थुप्रै ज्ञात तथा अज्ञात शहिदहरु रहेका छन्।

यस सडक खण्डको नामले सम्बोधन गरिएका शहिदहरु भने तत्कालीन १० बर्षे जनयुद्धमा ज्यान गुमाएका शहिदहरुनै हुन्।

जुनसुकै घटनाक्रममा होस् यदि सकारात्मक परिबर्तनका लागि ज्यान गुमाएका शहिदहरुको सम्मानका लागि उनीहरुको स्मृतिमा कुनै भौतिक संरचना निर्माण गर्नु सर्व स्विकार्य बिषय हो।

तर बर्षौँ देखि घोराही-होलेरी शहिदमार्गको जुन हविगत छ।यसले शहिदहरुको सम्मान नभएर शहिदहरुको छातीमा राज्यले निर्ममतापुर्वक कुल्चि रहेको संदेश प्रवाह गरिरहेको छ।यो कुरा पुष्टि गर्ने बलियो आधार भनेको आजसम्न पनि शहिदमार्गलाई राज्यले फर्केर नहेर्नु हो।

घोराही-होलेरी शहिदमार्ग बर्षातको समयमा हिलोले ढाकिएको हुन्छ।कतै ठुला पोखरी बनेका हुन्छन्।कतै सडक चिरेर पानीको खोला बगेका हुन्छन्।यात्रुहरु दरिलो मुटु बनाएर भगवानको नाम जप्दै सवारीमा चिप्लदै दाङ-रोल्पा,रुकुम आवतजावत गर्नु पर्ने नियतिनै बनिरहेको करिब ५ बर्ष बढि समयावधि भैसकेको छ।

हिउँदको समयमा बर्षातमा बनेका ठुला खाल्डाखुल्डीहरु धुलोले छोपिएका हुन्छन्।धुवाधंकार,चिरा-चिरा परेको सडक,त्यसैमा गरगरे ढुङ्गा अत्यन्त पिडादायी तरिकाले यात्रा गर्नु पर्ने हुन्छ।

मोटरसाईकलमा यात्रा गर्नेहरु घोराहीबाट होलेरी र होलेरीबाट घोराही पुग्दा अर्कै ग्रहबाट झरेका हुन् कि जस्तो हुलिया बदलिन्छ।यात्रुहरुको कपडा,कपाल र जुंगामा समेत धुलोले छोडेको हुँदैन।

दुई/चार लडेर उठेर हिड्नु पर्ने पिडा र बाध्यता धेरैले सुनाउने गर्दछन्।
जिप तथा बसमा यात्रा गर्दा पनि भगवान भरोसानै यात्रा गर्नु पर्ने अवस्था रहेको छ।

दाङका सञ्चालित बिभिन्न सिमेन्ट कारखानाहरुको ढुङ्गा खानी रोल्पामै रहेकाले यस मार्ग भएर गुड्ने चुन ढुंगा बोकेका टिप्परको आतंक र प्रदुषणको पिडा अझ भयावह छ।

२०६४ यता निरन्तर चुनाव जितेर सत्ताको स्वाद लिइरहेका माओवादी उप-सचीव रोल्पाका सांसद बर्षमान पुनले घोराही-होलेरी शहिदमार्गको यात्रामस दैनिक नागरिकले भोग्ने गरेको पिडा र यस मार्गको स्तरोन्नतिका लागि कतै चुइक्क बोलेको सुनिदैन।

सर्वहाराका नेता बर्षमान सर्वहारा जनताका यातनाको साधन बनिरहेको शहिद मार्ग भएर दाङ-रोल्पा नहिडेको पनि उत्तिकै समय भैसकेको छ।बर्षमानले रोल्पा बिर्शेको जसरी काठमाडौंमा बस्छन्।उनि गृह जिल्ला रोल्पा आउँनलाई कुनै खास तिथिनै जुर्नु पर्दछ।अन्यथा पुन रोल्पा आउँदैनन्।गृह जिल्ला आउँनै परेमा कहिले हेलिकप्टरबाट आकाश मार्गको प्रयोग गर्दछ्न् भने कहिले शहिदमार्गको यात्रा छल्न अन्य बैकल्पिक मार्गको प्रयोग गर्ने गर्दछ्न्।

यता रोल्पाको शहिदमार्गलेजिउँदालाई शहिद बनाउने खतरा कायम छ भने शहिदहरुको घोर अपमान गरिरहेको छ।अर्कोतिर रोल्पाको ब्यापार,पर्यटन लगाएत चौतर्फी हिसाबले भविष्य अन्धकारमा हालिरहेको छ।

तत्कालीन माओवादी जनयुद्धको इतिहाससंग प्रत्येक्ष सम्बन्ध रहेको घोराही-होलेरी शहिदमार्गको यो दुर्दशा रहँदापनि निरन्तर सत्ताको स्वाद चाखेका माओवादी नेताहरु निवर्तमान उपराष्टपति नन्दबहादुर पुन,पुर्व सभामुख कृष्णबहादुर महारा,ओनसरी घर्ती,पुर्व मन्त्री र हालका सांसद बर्षमान पुन कसैले पनि शहिदमार्गको मुहार फेर्न सकेनन्।

घोराही-होलेरी शहिदमार्गको हविगत सुधार्ने सबैभन्दा ठुलो चुनौती बर्षामान पुनलाई छ।किनभने पुन रोल्पाका प्रत्यक्ष सांसद हुन्।तर बर्षमान यस बिषयमा पुर्ण रुपले असक्षम,असफल र निरिह सावित भैसकेका छन्।पश्चिम रोल्पाका सर्वसाधारण नागरिकहरुले पुनबाट शहिद मार्गको स्तरोन्नतिका लागि पहल हुन्छ भन्ने आशा मारि सकेका छन्।

नेकपा माओवादी अध्यक्ष एवं बर्तमान सरकार प्रमुख,प्रधानमन्त्री प्रचण्डले घोराही-होलेरी शहिदमार्गलाई सम्बोधन गर्छन् होला भन्ने रोल्पाका जनताहरुको अपेक्षा थियो।तत्कालीन जनयुद्धका सर्वोच्च कमान्डर प्रधानमन्त्री प्रचण्डले पनि सरकारको नेतृत्व गरेको ११ महिनासम्म शहिदमार्गको नाम उच्चारण गर्न सकेनन्।

गत कार्तिकमा प्रधानमन्त्री दाहाल रोल्पा पनि आए तर पार्टीको कार्यक्रममा सहभागी हुन आकाश मार्गबाट रोल्पा पुगेका दाहालले शहिदमार्गबारे एक शव्द बोलेनन्।

आफ्नै इतिहास बिर्सेको माओवादी सरकारमा रहँदा पनि शहिदमार्गको हालत नफेरिनु माओवादीकै लागि राजनैतिक हिसाबले शुखद पक्ष नरहेको रोल्पाका सर्वसाधारणहरुको बुझाई रहेको छ।

प्रतिक्रिया दिनुहोस