दाङ देउखुरी- रिडी राप्ती ग्रुप र बाबु एडभेन्चर्स प्रा.लि .द्वारा सञ्चालित लुम्बिनी प्रदेश राजधानी दाङकाे देविकाेटबाट प्याराग्लाइडिङ गरकाे खुसियालीमा राप्ती गाउँ पालिकाले प्रसंसापत्र सहित धन्यवाद ज्ञापन गरेकाे छ।
गत मंसिर १५ गते उडान गरिएकाे प्याराग्लाइडिङले स्थानीय जनमास र लुम्बिनी प्रदेशकाे राजधानी रुपमा रहेकाे देविकाेट र देउखुरी क्षेत्रमा फरक किसिमको आशा,उत्साह र माइलो माहाेल सृजना गरेकाे थियो।
लुम्बिनी प्रदेशकाे पर्यटन व्यवसाय विस्तारमा ठूलाे भूमिका खेलेकाे तथा नयाँ खुसियाली थपिएको भन्दै रिडी ग्रुप र बाबू एडभेन्चर्स लाई प्रसंसा पत्र प्रदान गरिएकाे हाे ।
अझै पर्यटन व्यवसाय र स्थानीय स्तरमा राेजगार सृजनाका अपेक्षा गर्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्ट र राप्ती गाउँ पालिका का प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वलीद्वारा रिडी ग्रुपका संस्थापक मानबहादुर बुढा ,रिडी ग्रुप लिमिटेड का प्रबन्ध निर्देश झकेन्द्र घर्ती मगर ,रिडी राप्ती प्रबन्ध निर्देशक मनिराज पुन ,त्यसै रिडी राप्तीका वित्तीय निर्देक हरि बहादुर घर्ती,उर्जासिल पत्रकार तेज वीर वि.सि लाई र सिङ्गो ग्रुपलाई एकमुष्ट धन्यवाद सहित प्रसंसा पत्र प्रदान गरिएकाे हाे ।
सम्मानपछि रिडि राप्तीका संस्थापक मानबहादुर बुढाले आफूले सकेको जति निरन्तर पर्यटन प्रबर्द्धनमा लागि पर्ने बताए।नेपाल प्रकृतिको धनि देश भएकाले समृद्धिको मुख्य आधार पर्यटन प्रबर्द्धन रहेकाले बाह्य तथा आन्तरिक पर्यटन प्रबर्द्धन आफू र आफ्नो कम्पनी अगाडि बढ्ने कुरामा संस्थापक बुढाले जोड दिए।